खुसीयाली सँगै धादिङबेसीमा दिपावली गरियो

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । राष्ट्रपति रामवरण यादवले संविधानसभाको विशेष बैठकबाट ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गरे सँगै मुलुकभर दिपावली गरिएको छ । यसै अन्तरगत आज साँझ धादिङबेसी सदरमुकाममा दिपावली गरिएको छ ।
सदरमुकाम स्थित क्याम्पस चोकमा नेपाली काँग्रेस, बीचबजार चोकमा एकीकृत नेकपा माओवादी र पुछारबजारमा नेकपा एमालेले दिपावली गरेका हुन् । ।
OLYMPUS DIGITAL CAMERAबिचबजार चोक मा एमाओवादी धादिङले गरेको दिपावली कार्यक्रममा बोल्दै एमाओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीले आजबाट २४० बर्ष पुरानो राजतन्त्रको बिधिबत रुपमै अन्त्य भएको र १० बर्षे माहान जनयुद्दको मुख्य उपलब्धी गणातन्त्र, धर्म निरपेक्षे, संघियता, समाबेसी र समानुपातिक अधिकार सहितको संविधान जारी भएकोमा युगान्तकारी परिबर्तनको लागि आफ्नो जीवन आहुती दिने ती ज्ञात अज्ञात माहान सहिदहरु प्रती हार्दिक श्रान्दाजली अर्पण गर्नु भएके थियो
त्यसोत सदरमुकाम धादिङबेसीमा स्वतस्फुर्त रुपमा प्रत्यक टोल र चोकमा टोल सुधार समिति होस् या स्थानिय क्लवहरु, उद्योग व्यवसायीहरुले दिपावली गरेका थिए ।
भोली दिनको ठीक ३ बजे तीन ठुला दलहरु नेपाली काँग्रेस, एमाले र एकीकृत नेकपा माओवादीले संयुक्त रुपमा सदरमुकाम धादिङबेसीमा विजय सभा गर्ने बताएका छन् ।