सामाना परिवारले नचाए नौबिसेमा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ३१, २०७२

naubiseधादिङ । नौविसको मचिन्द्र उमावि प्राङ्गण दर्शकदे मैदान भरिएको थियो । नुवाकोट, काठमाडौ देखिका मान्छेहरु प्रगतिशित तिज विशेष कार्यक्रम हेर्न आएका थिए ।
तिज विशेष कार्यक्रममा एमाओवादीका केन्द्रिय कलाकार टिम सामना परिवार समेत कार्यक्रममा सहभागि थियो भने एमाओवादी नेतृ कल्पना धमला जिल्ला अध्यक्ष रामबहादुर भण्डारी देखि पार्टीका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको देखिन्थ्यो ।
कार्यक्रममा कला र संस्कृतिलाई परम्परागत तर रुढीबादी कुराहरुलाई प्रगतिशिल रुपान्तरण गर्दै बनाउनु पर्ने तिज गितहरु प्रस्तुत गरिएका थिए भने बोल्ने बक्ताहरुले पनि तीज र यस सँग जोडिएका भ्रम र विकृतिका विषयमा नेपाली महिलाहरुले मनन गर्नु पर्ने बताएका थिए ।
यसैगरि मलेखुमा तिज गितका साथै विभिन्न चर्चित लोकदोहोरी गितमा मलेखु लगायत धादिङका विभिन्न स्थानका स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेन्द्र वि.क.,पुस्कल शर्मा, जनवादी गायक विष्णु खत्री, राजकसमार बानिया, लोक गायिकाहरु सिर्जु अधिकारी, कला लम्साल, चन्द्रा कार्की, अनिता चलाउनेका साथै धादिङमा जन्मीएका प्रेम परियार, विनु तामाङ लगायत हास्य कलाकार निर आलेको समेत प्रस्तुती रहेको थियो ।