बाल दिवसमा जिल्ला स्तरीय बक्तृत्वकला

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २९, २०७२

1 copyधादिङ । राष्ट्रिय बाल दिवसको अवसरमा किबो ब्वाईज एण्ड गल्स स्काउट ट्रुपको आयोजनामा जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता आज सम्पन्न गरेको छ ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका कार्यक्रम आयुक्त रामप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा जिल्ला स्काउट कार्यालय धादिङका जिल्ला आयुक्त विनोदमान श्रेष्ठको विशेष आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
22 copyजिल्लामा स्काउट संचालित विभिन्न आठ विद्यालयहरु सहभागी भएको उक्त प्रतियोगितामा छात्र÷छात्राहरुलाई बेग्ला बेग्लै प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा ब्वाइज स्काउटतर्फ सक्सेस् एकेडेमीका अमिर न्यौपाने प्रथम, नीलकण्ठ उमाविका इसान श्रेष्ठ द्धितीय र चिल्ड्रेनपार्क आवासीय उमाविका प्रयुष श्रेष्ठ तृतीय भएका थिए । प्रतियोगितामा गल्स स्काउटतर्फ बालमन्दिर माविकी आकृती थापा प्रथम, धादिङ बोर्डिङ आवासीय उमाविकी उषा लम्साल द्धितीय र नीलकण्ठ उमाविकी स्वस्तिका दनै तृतीय भएका छन् ।
प्रतियोगितामा राष्ट्रिय प्रधान कार्यालय बालबालिका कार्यक्रम संयोजक रवि पौडेल जिल्लाका बुद्धिजीवि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
33 copy