धादिङ आएको ५ महिना पछि उद्योग वाणिज्य संघको स्वागत

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २९, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । धादिङ जिल्लाका सरुवा भएर आउने विषेशत कार्यालय प्रमुखहरु सिडियो, डिएसपि र एलडीओलाई स्वागत गर्ने उद्योग वाणिज्य संघको पुरानो चलन हो । तर यो पटक भने स्थानिय विकास अधिकारी लक्षणविक्रम थापालाई भने धादिङ आएको ५ महिना पछि स्वागत गरेको छ । ५ महिना पछि भएपनि स्वागत थाप्न पुग्नु भएका स्थानिय विकास अधिकारी थापाले धादिङ जिल्लाको विकासका लागि आफू उत्साही रहेको बताउनुभयो । पछिल्लो समय जिल्लाको विकासका लागि निकै धेरै अध्ययन भैरहेकोले जिल्लाबासीको सहयोग पाए चाँडै विकास हुने उल्लेख गर्नुभएको थियो ।
यसै अवसरमा धादिङमा सरुवा भई आउनु भएका प्रहरी नायव उपरीक्षक सविन प्रधानलाई पनि उद्योग वाणिज्य संघले स्वागत गरेको छ । OLYMPUS DIGITAL CAMERAप्रधानले धादिङ जिल्लाको शान्ति सुरक्षाको स्थिती मजवुत बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गर्नुभयो । धादिङ जिल्ला राजधानीसंग जोडिएको जिल्ला भएका कारण यहाँको गतिविधिले काठमाण्डौलाई प्रभाव पार्ने उहाँको भनाइ थियो । केही समयदेखी सुरक्षा वाचको योजना भैरहेको छ । चाँडै नै नयाँ योजना लिएर आउँछौं तपाईहरु सहयोग गर्नुस् उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो । जिल्ला सदरमुकाम मात्रै नभएर सिंगो धादिङको शान्ति सुरक्षा मजवुत बनाउने उहाँले दावी गर्नुभयो ।
सो अवसरमा सहभागिहरुले नीजि क्षेत्रको तर्फबाट जिल्लाको विकास गर्न गथर्नुपर्ने योगदानहरुको नेतृत्व गर्न संघ तयार रहेको बताएका थिए । संघले विगतदेखी नै जिल्लामा कार्यक्षेत्र बनाई आउनुहुने प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतलाई स्वागत तथा विदाई गर्दै आईरहेको छ ।