नलाङका १४ वर्षिय बालक हराए

Avatar photo
Dhadingpost
सोमवार, भदौ २८, २०७२

manisधादिङ । नलाङ गाउँ विकास समिति वडा नं. ६ स्थित डि कटुवाका १४ वर्षका मनिष अर्याल भाद्र २० गतेदेखी हराइरहेका छन् ।
मनिष हराएपछि छोराको खोजीमा गाउँ–गाउँ तथा आफन्तकोमा पुगेका उनकी आमा सृजना समेत छोरासँग बेखबर छन् ।
गत २० गते डि कटुवा स्थित आफ्नै घरबाट हराएका उनीलाई २२ गतेदेखी आफन्तले खोजी सुरु गरेका थिए । छोरो घर नभएपछि हजुरआमाकोमा गयो होला भनेर २ दिन खोजिएन स्कुलबाट सरले फोन गरेपछि मात्रै छोरो हराएको थाहा भयो, मनिषका आमा सृजना अर्यालले बताउनुभयो ।
केही समयदेखी विद्यालय जान मन नगरेको आफूहरुलाई थाहा भएको सृजनाले बताउनुभयो । छोरा हराएपछि आफू निकै चिन्तित रहेको बताउनुहुँदै आमा सृजनाले कहिँ कतै भेट्नुहुनेलाई सम्पर्कमा ल्याइदिन समेत आग्रह गर्नुभएको छ । मनिष आफ्नै गाउँ नजिकैको सुन्दरीपानी निम्न माध्यमिक विद्यालयमा कक्षा ८ अध्ययनर थिए ।
जिल्ला प्रहरी कार्यालयदेखी आफुले भ्याएको सबै गाउँमा खोजी गरिसकेको भए पनि फेला पार्न नसकेको सृजनाको भनाई छ मनिषका बुबा भरतराज अर्याल २ वर्षदेखी कतारमा कार्यरत छन् ।