विश्व प्राथकमिक उपचार दिवस मनाईयो

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २२, २०७२

1धादिङ । नेपाल जुनियर रेडक्रस सरर्कल एडभान्स एकेडमीको आयोजनमा आज विश्व प्राथामिक उपचार दिवस मनाईएको छ ।
विश्व प्राथामिक उपचार दिवसको अबसरमा एक दिने पुर्नर्ताजर्गि तालिम गरि दिवस मनाईएको हो ।
गत वर्ष प्राथामिक उपचार तालिम प्राप्त जुनियर सर्कलका सक्रिय २४ जना विद्यार्थी छात्र छात्राहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका प्राथामिक उपाचार प्रशिक्षक नारायण कुमार श्रेष्ठले पुनरताजगि तालिममा सहजिकरण गर्नु भएको थियो ।
2उक्त तालिममा प्राथामिक उपचार , घाईतेहरुको जाचँ , ठुलो रक्त श्राव , हाड भाँचिएका घाईतेहरुको ओसार–पसार विधि सिकाउनुका साथै स्थानिय स्रोत तथा साधनको प्रयोग गरी स्ट्रेचर बनाई जुनियर सदस्यहरुलाई प्रयोगात्मक अभ्यास गराईएको नेपाल जुनियर रेडक्रस सरर्कल एडभान्स एकेडेमीकी सुमित्रा श्रेष्ठले जानकारी दिनुभयो ।
प्राथामिक उपचार तालिमलाई जिवन उपयोगि शिक्षाको रुपमा ग्रहण गरी ब्यावहारमा लागु गरेको खण्डमा घाईते तथा विरामिहरुको जिवन रक्षा गर्न सकिने सर्कलका सचिव धिरण गुरुङले बताउनु भयो ।