श्रीमतीको ख्याल गर्नू पर्ने तीन कुरा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १७, २०७२

CT  SC-FAM-FAKING-ORGASM-3C 1227 EMतपाईं आफ्नी श्रीमतीलाई कत्तिको विश्वास गर्नुहुन्छ ? श्रीमतीबाट नजिकै बस्नुहुन्छ या टाढा ? तपाईंले आफ्नी श्रीमतीको विभिन्न क्रियाकलापबाट उसले धोका दिएको या नदिएको थाहा पाउन सक्नुहुन्छ ।
यहाँ त्यस्ता केहि क्रियाकलापको बारे चर्चा गर्न खोजिएको छ । यी कुराहरुमा तपाइले बिशेष ध्यान पुर्याउन सक्नु भयो भने तपाइको बैबाहिक जीवनमा बिचलन आउदैन ।
फोन कल:
तपाईंको श्रीमती फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईँको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ कि आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरुले पनि तपाईंले श्रीमतीले धोका दिइरहेको छ या छैन भनेर थाहा पाउन सक्नुहुन्छ । फोन आएको बेला आवाज कम गर्ने, अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन भने सम्झिनुस, उनको नियत ठीक छैन । थाहै नपाई तपाईमाथि धोका भइरहेको हुन सक्छ ।
केटी साथीहरुसँग घुलमिल:
तपाइको श्रीमतीको केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।
यौन विचलन :
कतै तपाईंको श्रीमतीले तपाईंलाई झारा टार्ने गरी सेक्समा साथ मात्रै त दिएकी छैनन् ? के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? त्यसो भए उनीमा शंका गर्ने आधारहरु धेरै हुन्छन् । अर्थात तपाईंमाथि श्रीमतीले धोका दिइरहेकी हुन सक्छिन् ।