नेपालले जित्यो साफ यु१९ च्याम्पियनसिप फुटबल

Avatar photo
Dhadingpost
शनिबार, भदौ १२, २०७२

aaaaधादिङ । यु-१९ साफ च्याम्पियनसिपको उपाधि बलियो टिम भारतलाई हराउदै नेपालले जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलको टाईब्रेकरमा भारतलाई ५-४ ले हराउँदै नेपालले उपाधि जितेको हो ।
तेज तामाङले ३१औं मिनेटमा नेपाललाई अग्रता दिएपनि ८८ औं मिनेटमा प्राप्त पेनाल्टीमा भारतले बराबरी गोल गरेको थियो ।
१९९३ मा स्वर्ण पदक जितेयता नेपालले कुनै पनि अन्तराष्ट्रिय उपाधि जित्न सकेको थिएन ।
लामो समयदेखि अन्तराष्ट्रिय फुटबलमा उपाधिको खडेरी रहँदै आएकोमा उमेर समूहमै पाएको भएपनि फुटबलमा यो निकै ठुलो सफलता पाएको छ ।
भैरवी केवल नेटवर्क प्रालि धादिङले मर्मत संभार भन्दै आज सेवा प्रभाह नगरे पछि नेपाल र भारत बिचको फुटबल धेरै खेलप्रेमीहरुले खेल प्रत्यक्ष हेर्न पाएका थिएनन् । केहि खेल प्रेमीहरु डिक्सहोमको खोजिमा दौडि रहेका थिए । यसै क्रममा धादिङबेसी स्थित होटल हिमालयनमा जम्मा भएकाहरुले नेपालको जित पछि मनाएको खुसीयालीका केहि फोटोहरु
OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA