अब कतारमा कामदारको तलब बैंक मार्फत

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १, २०७२

कतार / आजदेखि कतार सरकारले कामदारको तलब बैंक मार्फत भुक्तानी गर्ने भएको छ । बहुप्रतिक्षित ज्याला संरक्षण प्रणाली (डब्लुपिएस) लागु भएपछि अब कतारमा निजी क्षेत्रका सबै कामदारको तलब बैंकिङ प्रणालीबाट अनलाइन मार्फत भुक्तानी हुने भएको छ ।

q

यो प्रणाली कार्यन्वयन भए नभएको अनुगमन श्रम मन्त्रालयले नै गर्ने छ । अुनगमनका लागि छुट्टै निरीक्षण एकाइ खडा गरिएको छ । डब्लुपिएस कार्यन्वयन नगर्ने कम्पनी लाई कारबाही हुनेछ ।

कम्पनीको बैंक खाताबाट कामदारको खातामा बैंकले तलब ट्रान्सफर गरिदिनेछ । कतारमा रहेका सबै कामदारको अभिलेख श्रम तथा सामाजिक मामिला मन्त्रालयले तयार गरेको छ । मन्त्रालयले सेन्ट्रल बैंकसँगको सहकार्यमा कार्यान्वयन गरेपछि कतारमा कार्यरत सबैको बैंक खाता अनिवार्य हुनुपर्ने छ ।