नयाँ शिक्षण विधि आत्मसाथ गर्दा आइएसए अवार्ड जितियो

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १, २०७२

– नवराज पाठक (प्रोजेक्ट टिम लिडर) एवम् शिक्षक, श्री अचने उमावि, त्रिपुरेश्वर ३ खहरे, धादिङ
MY PHOTO
१. तपाईको विद्यालयले यस वर्षको आइएसए अवार्ड हात पारेको छ, यहाँलाई बधाई छ ।
– धन्यवाद ।
२. यो कस्तो प्रकारको अवार्ड हो ?
– व्रिटिस काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (आइएसए) भनेको बेन्च मार्किङ स्कीम हो । यसले स्कुललाई उत्कृष्ठ स्तरमा परियोजनामुखी शिक्षण विधिको माध्यमबाट युवालाई ग्लोबल सिटिजन बनाउने क्षमतामा अभिवृद्धि गर्छ साथै पढाउने र अध्ययनको क्षमता बढाउँछ सन् १९९९ बाट पाइलट प्रोग्रामका रुपमा सुरुवात यो कार्यक्रम हाल विश्वका २० भन्दा बढी देशमा फैएिको छ । यो पुरस्कारमा आइएसए ट्रफी, स्कुल, प्रिन्सिपल र कोअडिनेटरका लागि सर्टिपिकेट, कार्यालयका स्टेशनरी र प्रकोसनलमा आइएसएको छापको प्रयोग मसलन्द तथा प्रवद्र्धनात्मक सामग्री प्राप्त हुन्छ ।
३. आइएसएको खास महत्व के छ ? यो किन चाहियो ?
– यो एउटा कनेक्टिङ क्लासरुम प्रोजेक्ट हो यसकारण नयाँ शिक्षण पद्धतिको रुपमा परियोजना विधिको आफ्नै महत्व हुन्छ, छ । अहिलेको विश्वब्यापी अर्थतन्त्रको परिस्थितिमा यसले डिजिटल लिक्ट्रेसी क्रिटिकल थिङ्किङ एण्ड प्रब्लम सल्भिङ, क्रियटिभीटि एण्ड इम्याजिनेशन, स्टुडेनट लिडरसीप, कोलावोरेसन एण्ड कम्युनिकेशन र ग्लोवल सिटिजनसीपमा जोड दिने हुनाले यसको आवश्यकता बढ्दै गएको छ ।
४. व्रिटिस काउन्सिलले सञ्चालन गरेको यो सिकाई विधिमा जाँदा तपाईको अनुभुती ?
– शिक्षकहरुले आफूलाई समय सापेक्ष अद्यावधिक गराउन जरुरी छ । एउटालाई बोकेर हातमा किताव लिउर पढाउन शिक्षकले पाठ्क्रम, सन्दर्भ सामग्री र विज्ञान प्रविधिका साथमा परियोजना कार्यबाट विद्यार्थी सहभागितामुखी शिक्षण गर्दा उपलब्धि बढ्दो रहेछ भन्ने विश्वास लिएर अगाडि बढेको छ ।
५. यो सिकाई क्रियाकलाप नेपाल सरकारको पाठ्क्रमसंग मिल्छ कि मिल्दैन के छ ?

IMG_20150813_122428
– मिल्छ, नेपाल सरकारको परिधिभित्र रहेर नै त्यही पाठ्यवस्तुलाई सिकाउने यो एउटा विधि हो । यसमा कालाबोेरेटिम प्रोजेक्ट, कोलाबोरेटिम प्रोजेक्ट अन स्कुल, अनलाईन, २० प्रतिशत स्थानीय पाठ्यक्रम प्रोजेक्ट, इन स्कुल प्रोजेक्ट सप्लिभेन्टरी प्रोजेक्ट, पव्लिक स्टेट, पाट्नरसीप प्रोजेक्ट गरी अनय देशको र अफ्नो शिक्षण सिकाई प्रक्रिया आदानप्रदान गरिन्छ ।
६. यो सिकाई पछि तपाईको विद्यालयले कस्तो विद्यार्थी उत्पादन गर्ने ?
– यस्तो सिकाईको माध्यमबाट हाम्रो विद्यालयले समयसापेक्ष सूचना प्रविधिको प्रयोगसंगै अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धा गर्न सक्ने सक्षम र विश्वव्यापी नागरिक तयार गर्न सहयोग मिल्छ भन्ने आशा लिएको छ ।
७. साना केटाकेटीहरुलाई व्यवासायिक शिक्षा, पेशा र व्यवसायसंग जोड्न सम्भव छ ?
– एकदमै सम्भव छ, किनभने यस अन्तर्गत २० प्रतिशतको स्थानीय पाठ्यक्रम जुन व्यवसायीक, पेशा र व्यवसायमा आधारित रहेर सैदान्तिक तथा प्रयोगात्मक शिक्षण गरिन्छ । र नयाँ सीप र उत्पादनमुखी अवसर प्रदान गर्छ ।
८. बालबालिकाको मनोविज्ञानलाई कसरी जित्न सकिएला ? कक्षाकोठामा उनीहरुको सहभागिताको प्रतिशतमा सुधार अएको छ ?
– यस शिक्षण विधि परियोजना कार्य भएकोले विद्यार्थी समूहमा सक्रिय सहभागिता हुने र कुनैपनि प्रकारको डर, त्रास नहुने हुँदा स्वतस्फूर्त सीकाई कार्यमा सरिक हुन्छन् । कक्षामा सहभागिता दर हेर्ने हो भने, हाल ९९ प्रतिशतदेखी १०० प्रतिशत नै देखिन्छ । यसकारण यहि परिणामले पनि अन्य विद्यालयहरुको तुलनामा सुधार आएको मात्रै होइन सिकाई विधि बैज्ञानिक छ भन्ने कुराको समेत पुष्टि गर्छ ।
९. यो सिकाई क्रियाकलाप पछि तपाईको विद्यालय विद्यार्थीमैत्री बन्छ भन्ने आधार के छ ?
– यो परियोजनामुखी विद्यार्थी केन्द्रित शिक्षण विधिसंगसंगै बसेर संगै गरेर सिक्ने र बालबालिकाको प्रतिभा प्रष्फुटन गर्नेअवसर मिल्ने भएकोले विद्यालय बालमैत्री बन्ने आधार प्रसस्त मिल्दछ ।
१०. बालबालिकाको शिक्षामा पहुँच र गुणस्तरियता वृद्धि गर्न सकिन्छ भन्ने केही पुष्ट्याई छन् ?
– यो एउटा कनेक्टिङ क्लासरुम परियोजना भएकोले धेरै भन्दा धेरै विद्यार्थीलाई पाठ्यक्रमका विषयबस्तुलाई सूचना प्रविधिको प्रयोगसंगै विश्वव्यापी नागरिकको भावना वृद्धि गराई गुणस्तरिय शिक्षा प्रदान गर्दछ र गरिरहेको पनि छ ।
११. यो परियोजना संचालन गर्न क–कसबाट सहयोग पाउनुभयो र उहाँहरुबाट तपाईको अबको अपेक्षा के हो ?
– विशेष गरी यो कार्यक्रममा सहभागिता गराउन युएम्एन् धादिङ क्लष्टर, व्रिटिस काउन्सिल, राष्ट्रिय तथा अन्तराष्ट्रिय पार्टनर स्कुलहरु, विद्यालय परिवार लगायत अन्य सरोकारवाला पक्षहरुबाट समेत निकै ठूलो सहयोग प्राप्त भएको थियो । आगामी दिनहरुमा पनि विभिन्न व्यक्तिहरु र ति सहयोगी संस्थाहरुबाट आवश्यक सुझाव, सल्लाह र सहयोगको निरन्तर अपेक्षा गर्दर्छु ।
१२ अन्तमा तपाईको विद्यालयमा संचालित यो सिकाई विधिको बारेमा छिमेकी विद्यालयहरुलाई भन्नुपर्ने केही छन् कि ?
– हामीले जस्तै अन्य विद्यालयहरु पनि आफ्ना निश्चित मापदण्डका आधारहरु पुरा गरी कनेक्टिङ क्लासरुममा सहभागी भई समय सापेक्ष शैक्षिक गुणस्तर वृद्धिमा सहभागि बन्नुहोस् भनी सुझाव दिन चाहन्छु । हाम्रो विद्यालयले हात पारेको सफलताको बारेमा प्रचार–प्रसार गरिदिनुभएकोमा तपाईलाई पनि धन्यवाद दिन चाहन्छु धन्यवाद ।