लागू औषध ओसारेको अभियोगमा परेवा

Avatar photo
Dhadingpost
आइतवार, साउन ३१, २०७२

parewaक्यालिफोर्निया–क्यालिफोर्नियाको सेन जोस सहरमा मंगलबार एउटा परेवा लागू औषध ओसार पसार गरेको अभियोगमा पक्राउ परेको छ । सो परेवा रिफर्मा पेनिटेंटिया वन्दीगृहका कैदीसम्म लागू औषध पुर्याउन प्रयाेग गरिएकाे अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

बन्दीगृहका सुरक्षा गार्डले परेवाको शरीरमा १४/१४ ग्रामका बन्द थैली बरामद गरेको छ । बन्दीगृहका निर्देशक पाल बर्टोजीले जेलको सुरक्षा गार्डले परेवाको शरीरबाट लागू औषधि फेला पारेको बताए । परेवाबाट नसालु पदार्थ बरामद गरेको उनले बताए । सो परेवा एक प्रशिक्षित रहेको बताइएको छ ।

पक्राउ परेको परेवालाई ४० दिनसम्म नियन्त्रणमा राखिने समाचारमा जनाइएको छ । यो कुनै नयाँ घटना भने होइन । यो भन्दा पहिला पनि लागू औषध प्रयोग गर्न नयाँ नयाँ तरिका अपनाइएको थियो ।