सरस्वती प्राविलाई रेयूकाईद्वारा सहयोग

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २६, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ, नलाङ । नलाङ गाउँविकास समिति स्थित काम्दीमा रहेको सरस्वती प्राविलाई यूराशिया रेयूकाईले भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।
भुकम्पका कारण ढुङ्गा माटोको भवन पूर्ण क्षेति भएपछि सहयोगको लागि हात थापि रहेको यस विद्यालयलाई रेयूकाईले भवन निर्माणको लागि सहयोग पु¥याउन ४० हजार, स्कुल व्याग सहयोग गरेको हो ।
OLYMPUS DIGITAL CAMERAयूराशिया रेयूकाई वातावरण संरक्षण तथा प्रकृतिक प्रकोप प्रतिरोध समिति नेपालका अध्यक्ष पुस्कर गजुरेल विद्यालयको भवन पूर्ण क्षेति भएको र अहिले सम्म यस विद्यालयले कहिकतैबाट राहात पाउन नसकोले आफ्नो संस्थाले थोरै भएपनि आर्थिक सहयोग गरेको बताउनु भएको थियो ।
OLYMPUS DIGITAL CAMERAसहयोग कार्यक्रम हस्तान्त्रण कार्यक्रमा उपस्थित अभिभावक लाई लक्षित गर्दै अध्यक्ष गजुरेलले रेयूकाई मानविय भावनाका साथ सहयोग गर्ने संस्था भएकोले जिविकोपार्जका लागि केहि व्यवसायीक सिप मुलक तालिमहरु पनि काम्दी वासीलाई दिन ईच्छुक भएको बताउनु भएको थियो ।
धेरै संस्थाहरुलाई सहयोगका लागि अनुय विनय गरिरहेका थियौ त कहि कतै बाट सहयोग पाउन नसकि रहेको अवस्थामा रेयूकाईले केहि भनेपनि सहयोग गरेकोमा खुसि भएका अभिभावहरुले रेयूकाई प्रतिनीधिहरुलाई भव्य स्वागत गरेका थिए ।
OLYMPUS DIGITAL CAMERAकार्यक्रममा यूराशिया रेयूकाईका उपाध्यक्ष अम्कन कर्माचार्या सदस्यहरु विद्यालक्ष्मी शाक्य, शेरबहादुर न्यौपाने, शुसिला सिलवाल लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रअ रञ्जना अर्यालले संचालन गर्नु भएको यस कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष लुमडीबहादुर सिलवालले गर्नु भएको थियो ।