धादिङ । धादिङबेसी टारीबेसी सडक अन्तरगत गोलाभञ्ज्याङ नजिकै करिव ३ किलोमिटर को सडक पूर्ण रुपमा विग्रिएको बारे सामाजिक सन्जालमा व्यापक रुपमा आलोचना भएपछि विभिन्न सारोकारलाहरुको ध्यान गएको छ ।
धादिङबेसीबाट सल्यानटार, खहरे, आरुघाट, लगायतका उत्तरी धादिङ जोड्ने सडक खण्ड नाजुक भएको भन्दै यातायात व्यवसायी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले सडकको पुनर्निर्माण गर्न माग गरेका छन् ।
आज जिल्ला विकास समितिको कार्यालय धादिङका स्थानीय विकास अधिकारी लक्षमण विक्रम थापालाई कार्यकक्षमा भेट गरी स्थानीय सरोकारवालाहरुले सडकको पुनर्निमाण गर्न माग गरेका थिए ।
सो क्रममा स्थानीय विकास अधिकारी लक्षमणविक्रम थापाले स्थानीय समूदायले साझेदारी गरेर काम गर्न सक्नेगरी बाटो मर्मत गर्न सकिने बताउनुभयो ।
चाँडो भन्दा चाँडो प्राविधिक स्टमेट तयार गर्ने र सो को आधारमा बाटो मर्मतका लागि वजेट विनियोजन गर्ने समझदारी गरिएको धादिङ यातायात व्यवसायीका कोषाध्यक्ष गोपाल तिवारीले बताउनुभयो । २२ वर्ष अघिदेखी निर्माण भैरहेको सडकमा जोखिमपूर्ण रुपमा यातायात संचालन गर्नु पर्ने बाध्यता रहेकोले आफूहरु स्थानीय विकास अधिकारीलाई गुहार्न गएको तिवारीले बताउनुभयो ।
बर्खा सुरु भएपछि जिल्ला सदरमुकामबाट उत्तरी क्षेत्रतर्फ जाने यातायातका साधहरु जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।