हिन्दुराज्यको माग- प्रतिगमनको सेवा

Avatar photo
Dhadingpost
बुधबार, साउन १३, २०७२

सागर कुँवर
sagar kuwarभर्खर यो दुनियाँबाट विदाभएका भारतकापुर्व राष्ट्रपती चर्चित वैज्ञानिक एपिजे अब्दुलकलामजो भारतीयप्रथममिसाइलमेन समेत हुन, उनले भनेका छन् महान मान्छेहरुकालागिधर्म मित्रताको मार्ग हो तर साना मान्छेहरु यसलाई लडाईको साधन बनाउँछन् । यो भनाई यहाँकिनउदृत गर्न खोजिएको हो भने कलामले हिजो भर्खर यो चराचर जगतबाट विदालिए तर उनको छिमेकी देश नेपालमाभने धर्मयुद्धको उद्घोष भएको छ । आफूलाई निकै नै देवताको अवतार सम्झने, जनतालाइ सधैं रैती सम्झने कथितधर्म गुरुहरुबाट यसप्रकारको धर्मिक युद्ध गर्ने चेतावनीआएका छन् ।
सन्र्दभः नेपालको नयाँ संविधान २०७२ माधर्मनिरपेक्षता राख्ने विषयलाई लिएर हिन्दु अतिवादीहरुले हिन्दु राज्यनभए धार्मिक युद्ध गर्ने र नास्तिकहरुलाई त हतियार प्रयोग गरेर लखेट्ने सम्मको दुसाहास गरेका छन् । इतिहासको मजाकभनौ देशले परिवर्तनकाआँकुराहरु प्mेर्न लागेका वेलापुनः देशलाई प्रतिगमनतर्फ धकेल्नको लागि देशमाहिन्दु राज्यको मागगरिएको छ र त्यसको पक्षमाआन्दोलन समेत उठान गरिएको छ । यो अग्रगमनकारीहरुकालागिदुखःद र चुनौतीपूर्ण घडी हो ।
सबै भन्दापहिले हामीले के बुझ्न अनिवार्य छ भने धर्म निरपेक्षताको अर्थ राज्यको कुनै धर्म हुँदैन र सबै जनतालाई आफुलाई मन लागेको धर्म मान्ने स्वतन्त्रता हुन्छ । जो कसैले जुनधर्म मान्न मन लाग्छ त्यो मान्नपाउने अधिकार जनतामा हुन्छ धर्म निरपेक्ष राज्यमा । अहिले हिन्दू धर्म सापेक्ष वाहिन्दू राज्यबनाउनु पर्ने जुनआवाज हरु उठेका छन तिदुई प्रकार्को दृष्टिकोणबाट उठेको पाइन्छ । एक्, जनतावाट , जनताले धर्म निरपेक्षताको बारेमा स्प्ष्ट नबुझिकन र हिन्दू धार्मिक अतिवादिहरुको गलतप्रकार्को प्रचारप्रसारबाट प्रभावितभएर हिन्दू राज्यको माग गरेका छन । दुई, रास्ट्रीय तथाअन्तरास्ट्रीय हिन्दू अतिवादीहरुले त्यो आवाज उठाएका छन र त्यसको पक्षमाआन्दोलन समेत गरेका छन । हिन्दू अतिवादीहरुको दवाबमाआएर अहिले मुख्यभनिने राजनितिकदलहरु धर्मनिरपेक्षतादबबत पछाडी हट्ने सन्केत गरेका छन । यसरि हेर्दा अहिले धर्म निरपेक्षताबाट पछी हट्ने दलहरु भोलिको दिनमा गणतन्त्रबाट पनि पछी हट्ने सम्भावानालाई अस्विकार गर्न सकिन्न । अहिले धर्म निरपेक्षताबाट पछी हटियो भने त्यो स्वतन्त्राको आन्दोलनलाई बिश्वासघात गरेको ठहरिनेछ । अहिले फेरी देशमाधर्म निरपेक्षताको पक्षमाव्यापकजनदबाब सृजनागर्नु पर्ने अवश्यकता रहेको छ्, त्यो पनिजनतालाई धर्म निरपेक्षताको अर्थ बुझाएर र धार्मिक अतिवादीहरुको भ्रमलाई धुलाई गरेर ।
धर्मनिरपेक्षता र गणतन्त्र परिवर्तनकाफलहरु हुन । समाजविकासको क्रममाआजको २१ औंशताब्दीमाधर्मको आड राजनीतिगर्नेहरु इतिहासका गद्धारहरु हुन ।आज नेपालको वर्तमानअवस्थालाई हेर्दा पनिहिजो दिनमा देश र जनतामाथी व्रमलुट मच्चाएका, जनताको रगतमाहोली खेलेका तथाजनताको छातीमा वुटले कुल्चेका देशद्रोहीहरुले दलगतआधारमाहिन्दु धर्मको नाममा देशमा गणतन्त्रलाई समाप्तपार्ने योजनामाकामगरिरहेका छन् । हिजो दिनमाजसले राजाको पक्षमाकामग¥यो, जसले प्रजातन्त्रको घाँटी निमोठ्न तयार भयो र निमोठ्यो त्यो नै आफूलाई अब्बलदर्जाको प्रजातन्त्रवादी स्वघोषित विल्ला भिराउँदै जनताको नाममाभजनगाएर हिन्दु धर्म सापेक्ष राष्ट्रको वकलातगरिरहेको छ । यो प्रतिगमनको सेवाबाहेक अरु केहीहोइन् ।
हामीले संसार भरका देशहरुलाई हेर्ने हो भने जहाँधर्म निरपेक्षता छ, त्यहाँ सबै धर्मलाई समान दृष्टिकोणका आधारमा राज्यले व्यवहार गरेको हुन्छ । राज्यले कुनै एक मात्रधर्मलाई मान्यतादिएर धर्मसापेक्ष मुलुकको निर्माण गर्नु भनेको स्वतन्त्रतालाई हरण गर्नु हो । छिमेकी देश भारत धर्म निरपेक्ष मुलुकहो, त्यहाँ धेरै जनताले हिन्दु धर्म मान्दछन्, हिन्दु धर्मालवम्बीकाथुप्रै मठ मन्दीरहरु छन तर त्यहाँहिन्दु धर्म मान्नेहरुलाई कहीं कतै अवरोध भएको त पाइदैन् । सबै धर्महरुलाई समान ढंगले हेरिन्छ र त्यहीव्यवहार गरिन्छ । विश्वकाप्रायःजसो सब मुलुकहरुमायसप्रकारको परमपरा रहेको छ ।
यहाँ यो पनिमहत्वको विषयहो कि जुन देश धर्म सापेक्ष छन्, ती देशहरुमाअहिले पनिदिनहु जसो लडाईहरु भएका छन् । अहिले मध्यपुर्वका देशहरुमा त्यसप्रकारको अवस्था रहेको छ ।
आज देशमाहिन्दु धर्मलाई हतियारको रुपमाप्रयोग गरेर प्रतिगामीशक्तिहरु देशमा गणतन्त्रलाई खतमगर्ने योजनामालागेका छन् भने जनआन्दोलनका सहयात्रीदलहरु समेतले धर्मनिरपेक्षताबाट पछाडि हट्ने संकेतहरु दिएका छन् । यदि नेपाललाई धर्मसापेक्ष मुलुकको रुपमा अगाडि बढाइयो भने भोलीको दिनमात्यसले गम्भिर प्रकारको द्धन्द्धको सृजनागर्नेछ । आज साम्राजयवादीहरुले विश्वभरीको प्रगतिशिलशक्तिहरुलाई खतमागर्नको लागिजात र धर्मलाई मुख्यहतियार बनाएका छन् । यदि नेपालको संविधानहिन्दु धर्म सापेक्ष भयो भने भोलीको दिनमा सामाज्यवादीहरुले अन्यधर्म मान्यहरुलाई धार्मिक स्वत्नत्रताको आन्दोलन गर्नको लागि योजनाबनाएर देशमाधार्मिक लडाई हुने सम्भावानालाई अस्विकार गर्न सकिन्न ।
अहिले मिडिायामा आएको समाचारलाई विश्वास गर्ने हो भने मुख्य राजनीतिकदलका नेताहरु समेत धर्म निरपेक्षताबाट पछाडि हट्ने संकेत देखिएको छ । यदित्यसो भयो भो त्यो देशकालागिगम्भिर घातक सावितहुनेछ । आजभोलीपनि के पनिहल्लागरिन्छ भने, देशमाधर्म किनवेच हु्न्छ । हो, आजधर्मको किनबेच भएको छ्, त्यो साम्राज्यवादले गरेको कामहो । धर्मको किनबेचलाई हिन्दू राज्यले रोक्न सक्दैन । त्यो सोचाई हामीले नराखौ बरु साम्राज्यवादका विरुद्ध लड्न तयार होऔं । अर्को कुरा नेपाललाई विश्वमाचिनाउनहिन्दु धर्म सापेक्ष मुलुकहुनुपर्दछ भन्ने कमजोर सोचाइहरु प्निपाइने गरेको छ तर तयो सबै भ्रममात्रहो । नेपाललाई चिनाउनको लागिधर्मको आड लिनु पर्दैन, देशको विकास गरेर देशमाभएका स्रोत र साधनको परिचालन गरेर देशमा समानताको दियो वाल्ने हो भने देश आफै चिनिनेछ । अहिले पनि नेपालहिन्दु राज्यभएको हुनाले विश्वमाचिनिएको हाइन् । नेपालविश्वमानचित्रमाहुनुमाआफ्नै विशेषताहरु छन् ।कामगर्ने बेलामानगर्ने अनिधर्मले बिश्वमा देखाउने कुरा नगरौ । चिनधर्मनिरपेक्ष मुलुक तर बिश्वमा राम्रो हैसियत राख्ने देश हो । धर्मनिरपेक्षताबिनाधार्मिक स्वतन्त्रतामिल्दैन । यि कुरामाहाम्रो ध्यानजाओस ।
धर्मनिरपेक्ष मुलुकभयो भने हिन्दुहरुकामन्दिहरु भत्कने छैनन्, झन सबै धर्म मान्नेहरुकाबिचमाधार्मिक सहिष्णुता कायमहुनेछ । देशमाधार्मिक विविधतामा वृद्धि हुनेछ । धार्मिक विविधतामाहुने वृद्धिले देशमाधार्मिक पर्यटनको विकासमा ठुलो टेवा पु¥याउनेछ जसबाट राज्यले आफ्नो आर्थिक स्थितीलाई मजवुतबनाउने अवसर पाउने छ । त्यसकारण अहिले धर्मनिरपेक्षताको विरोध होइन, समर्थनमा देशमाअग्रगमनको बाटो रोज्नबाट पछि पर्नु हुँदैन् । मुलतः देशमाअहिले हिन्दु राज्यको माग राजतन्त्रको पुनःस्थापनागर्ने नियोजित षडयन्त्रसँग जोडिएर आएको छ, यसका विरुद्ध व्यापक संघर्षको आवश्यकता छ ।
२०७२ श्रावण १२ गते
कठमाण्डौं ।