कम्प्युटर भन्दा फेसबुकको बजार राम्रो

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १२, २०७२

ramदाई, मलाई एउटा मोबाईल दिनु न ? आजको रातलाई भनेर एकजना मोबाईल पसलेलाई खुट्टा ढोक्दैथियो । लाग्छ ,उसको आजको देवता नै त्यहि मोबाईल पसले हो । दिनु न दाई भनेर मैले पनि सपोर्ट गरे । उसले मोबाईल लेर गए पछि मैले मोबाईल पसलेलाई सोधेँ किन हो मरिहत्ते हाल्दै थियो नि त्यो । उसको जवाफ यस्तो थियो । फेसबुक चलाउन रे । म छक्क परेँ । फेसबुकको क्रेज यति सम्म । उता कम्प्युटर ईन्स्टिच्युट तिरको क्रेज पनि यो भन्दा कम छैन ? बेसिक कम्प्युटर सिक्न आएको हुन्छ । पहिलो दिनमा नै फेसबुक कहिले सिकाउने सर, फेसबुक मात्र सिक्दा हुदैँन भन्ने प्रश्न तेस्र्याउँछन् । त्यस्तै सिनीयर दाई, दिदीहरु सित भेट हुँदा भन्नुहुन्छ । भाई, यो फेसबुक मात्र सिक्न कति दिन लाग्छ ? यसो मिलाएर सिक्नै पर्ने छ क्या मैले नि, भन्नुहुन्छ । मलाई पनि आजभोली अनुभुति भईरहेको छ कि कम्प्युटर भन्दा फेसबुकको महत्व बढेको हो कि भनेर ।
फेसबुकमा याद मेटाउन पाईयो । सिधा अगाडी बसेर आई लभ यु भन्न नसके पनि मेसेज पठाएर आई लभ यु भन्न पाईयो । कसै कसैलाई खुसुक्क एसएमएस गर्न पाईयो । विदेशमा जानुभएको राजा सँग गफ मन लागुन्जेल सम्म गर्न पाईयो । कसैको बारेमा हिन्स पाएमा जन्मकुण्डली निकाल्न पाईयो । मन लागे फेसो लाई नै लमी बनाएर विहे गर्न पाईयो । मन परेको मानिसलाई जिस्काउन पनि पाईयो । घरमा भन्न नमिलेको कुरा, गल्फ्रेण्ड वा ब्वाईफ्रेण्ड सँग भन्न नमिलेको कुरा फेसो बाट प्रकाशित गर्न पाईयो । त्यसैले होला यसको ब्यापार बजारमा राम्रो भएको । सायद, देशमा भईरहेको नयाँ गतिविधीहरु, नयाँ समाचारहरु, नयाँ घटनाहरु, पत्र–पत्रिका, रेडियो अनि टेलिभिजन भन्दा पहिला फेसबुकको वालमा पोस्ट हुन्छन् । गल्फ्रेण्ड सँग झगडा भयो, फेसबुकको वालमा पोस्ट गर्छन् । लभ पर्यो भने पनि फेसबुकको वालमा पोस्ट गर्छन् । त्यसैले त होला अहिले फेसो सबैको लागि श्रीमान् श्रीमती भन्दा पनि प्यारो भएको छ ।
फेसबुक चलाउन नजान्ने मानिस र कुकुरको पुच्छर उस्तै भएको छ । अहिले फेसबुक नचलाउने केटा केटी विहेको लागि खोज्नु लमीहरुको लागि चुनौतीको विषय भएको छ । पापा र आपा भएकाहरुलाई फेसबुक चलाउन सक्ने बनाउनु अहिले ईन्स्टिच्युटहरुको चुनौतीको विषय भएको छ । यता गएनि फेसबुक, उता गएनि फेसबुक, सायद २१ औँ शताब्दीको उपलब्धि होला । सबै आ–आफ्नै संसारमा ब्यस्त छन् । यतिसम्म कि उसको नजिक को आएर कुरेर बसेको थाहा हुदैँन तर फेसबुकमा को–को आयो कतिबेर अनलाईन बस्यो उसलाई कण्ठस्थ हुन्छ ।
सबैको ईच्छा अनुसार वाल पोस्ट गर्न पाईने फक्सन फेसोमा छ । कसैको रोकतोक विना नै लाईक कमेन्ट शेयर गर्न पाईन्छ । जसको पोस्टमा बढि लाईक कमेन्ट आउँछ ऊ हिट अथवा उसको पोस्ट राम्रो हुन्छ । फेसबुकका भित्ताहरु सजाउन सबैजना हर बखत कोशिस गरिरहेका हुन्छन् । जोडीको फोटो होस् या फेमिलीको फोटो उनिहरु अपलोड गर्छन् । अरु कुरै नगरुम् फेसबुकले गर्दा फोटो स्टुडियो नै सुख्खा लागेको छ किनकि कसैले फोटो नै धुलाउदैँनन् फेसोमा अपलोड ठोकिहाल्छन् ।
यसो फेसबुकमा हेर्नुपर्छ संसारै यहि हो जस्तो लाग्छ । लाईन जादा झन् फेसोको महत्व झन् बढेर आउँछ । के गर्ने भन्यो फेसबुक खोल्यो । बोर फिलीङ भयो, एक्साईटेड भईयो केही कुरा शेयर गर्न मन लाग्यो भने फेसबुक नै खोल्यो । साथीहरुलाई भनुम् भने ल्याङ–ल्याङ गर्छन् उता फेसोमा ग¥्यो दिमाग नै फ्रेस हुन्छ । त्यसैले यसको महत्व दिनानुदिन बढ्दै गएको होला । साथीहरु कम्प्युटर पायो भने एप्लीकेशनहरु चलाउदँैनन् । मोजीला कता छ, भनेर हेर्छन् अनि क्लिक ठोक्छन् अनि फेसो लाई निम्ता दिन्छन् । जब त्यो कम्प्युटरमा फेसबुक चल्छ तब साथीहरुलाई भोक हराउँछ । चिया सेलाउँछ, तरकारी ढड्छ । बुढाबुढीको झगडा गराउँछ । निन्द्रा हराउँछ ।
अन्त्यमा, कम्प्युटर नसिके पनि फेसबुक चलाउन सक्ने हुनुहोस् जसले गर्दा २१ औँ शताब्दीमा तपाई समायोजन हुन सक्नुहुन्छ । तपाई फेसबुक चलाउन सक्ने हुनुहोस् कम्प्युटर नसिकेपनि । मेरो शुभकामना छ । जो जहाँ भएता पनि अहिले फेसबुकको माध्यमबाट सबै एउटै परिवारको सदस्यको रुपमा रहेका छौँ । उसको ब्यक्तिगत अवस्था र कुन अवस्थामा रहिरहेको छ भन्ने कुराको जानकारी दिएको छ । फेस टु फेस देख्दा नबोल्ने मानिसहरु पनि फेसबुक मार्फत हाई हेल्लो गरिरहेका हुन्छन् ।
सायद यिनै कारणले गर्दा होला ,कम्प्युटर भन्दा फेसबुकको बजार राम्रो भएको भन्ने मैले अनुमान लगाएको छु । यो भन्दा अरु त्यस्तो कारण भएको भए मलाई जानकारी दिनको लागि हार्दिक अनुरोध गर्दछु । जय फेसबुक