भुकम्पपिडतलाई ससाहामा राहात वितरण गरियो

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ५, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । भुकम्प पिडित नीलकण्ठ नगरपालिका ८ ससाहमा आज राहात वितरण गरिएको छ । नेपाल ख्रिचियन राहात सेवा भनि मण्डल लललिपूरले भुकम्पपिडित २५० घरधुरीलाई आज राहात वितरण गरेको हो ।
राज्यबाट होस् या अन्य संस्थाबाट राहात पाउन नसकि रहेका नीलकण्ठ नगरपालिका ससाहाका भुकम्प पिडितहरुलाई त्रिपाल, ब्याङ्केट, सरसफाईका सामाग्री वितरण गरिएको ससाह ईसाई चर्चका पाष्टर शुसिंह तामाङले बताउनु भयो ।
राहात वितरण कार्यक्रममा प्रमुख एवं नेपाल ख्रीचियन राहात सेवा समितिका प्रमुख डा. सिमोन पाण्डेले भुकम्प पिडितहरुलाई यो वर्षादको समयले जनजीवन कठिन हुँदै गएको र स्वास्थ्यमा पनि समस्या पर्न सक्ने हुनाले राहातको साथमा सरसफाईको सामाग्री वितरण गरिएको बताउनु भएको थियो । भोकै र गाङ्ै कोहि पर्नु हुँदैन विपत्ति देखि भाग्ने हैन सामना गर्न सिक्नु पर्ने समेत डा. पाण्डेले बताउनु भएको थियो ।