तपाईको बैंक एकाउन्ट कति वटा, यी मान्छेको ३,०७८ वटा

Avatar photo
Dhadingpost
बुधबार, असार ३०, २०७२

नयाँ दिल्ली / तपाईंले कति वटा बैंकमा एकाउन्ट खोल्नु भएको छ । सायद औंलामा गन्न सक्नुहुन्छ होला । तर, एक व्यक्तिको बैंक एकाउन्टमात्रै ३,०७८ वटा भएको खुलासा भएको छ ।
गौतम कुन्डु नाम गरेका यी व्यक्ति भारतका विभिन्न सहरका विभिन्न बैंकमा यति धेरै एकाउन्ट भएको खुलेको हो । रोज भ्याल्ली ग्रुप कम्पनीका सिएमडी रहेका उनीसँग भारतका १२ राज्यमा एकहजार एकड जमिन, २३ लग्जरी होटल र १५० कारसमेत रहेको खुलेको छ ।
गौतमको कम्पनी देशभर ९०० ब्रान्चमा फैलिएको छ । उनको सम्पत्ति अझै हुनसक्ने भन्दै प्रहरी खोजीमा लागेको छ । उनी गैरकानुनी धन्दामा लागेको र उनको कम्पनी ठगीमा लागेको पाइएपछि भारतीय प्रहरीले अनुसन्धान गर्दा उनको यति धेरै सम्पत्ति पत्ता लागेको हो ।- एजेन्सी