मलेसियामा सुतेकै ठाउमा कृष्णको निधन

Avatar photo
Dhadingpost
बुधबार, असार ३०, २०७२

Malesia_Country_529491320_424334613क्वालालम्पुर/ मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक होटलमा कार्यरत बर्दियाका एक युवा सुतेको सुतै भएका छ्न। मंगलबार बिहान बर्दिया राजापुरका कृष्ण महतरा सुतेकै अबस्थामा मृत भेटिएका हुन।

महतरा काममा जाने समयसम्म पनि नउठेपछि साथीले बोलाउदा उनी मृत अवस्थामा फेला परेको मुगुका साथी कुमार ठाकुरीले बताए। क्वालालम्पुरको ‘फेभेलियन रेस्टुरेन्ट’मा ३ बर्षदेखि कार्यरत महतराको शव क्वालालपुरको के एल जनरल अस्पतालमा राखिएको छ।

उनी होटलमा कार्यरत रहे पनि एस टिएस कन्ट्याक कम्पनीका कामदारको रुपमा काम गर्दै आएका थिए।

उनको शव नेपाल पठाउने तयारी भइरहेको नेपाली दूतावासले जनाएको छ। अहिले मलेसियामा सुतेको सुत्यै भएर मर्ने नेपालीहरुको संख्या बढ्‍दो छ।

गत वर्ष मात्रै मलेसियामा मृत्यु हुने नेपालीमध्ये ४५ प्रतिशत भन्दा बढी सुतेको अवस्थामा नै मृत फेला परेको तथ्‍याङ नेपाली दुतावास मलेसियाले दिएको थियो।