धादिङ प्लसले कार्तिक भित्र ११ शिविर गर्ने

Avatar photo
Dhadingpost
सोमवार, असार २८, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । धादिङ प्लसको आयोजनामा आज स्वास्थ्य शिविर सम्पन्न भएको छ । धादिङबेसी स्थित संस्थाको कार्यालयमा भएको शिविरमा एचआईभि/एड्स प्रभावितहरुको तथा अन्य स्वास्थ्यगत समस्या भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
विगत १० वर्ष देखि एचआईभि/एड्सको क्षेत्रमा काम गर्दै आई रहेको यस धादिङ प्लसका अध्यक्ष चन्द्रप्रकाश गुरुङका अनुसार यो शिविर धादिङमा पहिलो पटक गरिएको हो । उहाँका अनुसार धादिङका ५० वटै गाविसलाई समेट्ने गरि कार्तिक महिना सम्ममा ११ वटा शिविर संचालन गरिने छ ।
विशेषत हाम्रो शिविरको उद्धेश्य एचआईभि/एड्स प्रभावित व्यक्तिमा केन्द्रित भएता पनि सबैले शिविरमा स्वस्थ्य परिक्षण गराउन सक्ने पनि अध्यक्ष गुरुङले बताउनु भयो ।
OLYMPUS DIGITAL CAMERAजिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्का ११ देखि १२ सय एचआईभि/एड्स संक्रमित व्यक्ति रहेको देखिए पनि धादिङ प्लसले १ सय ७७ जनालाई उपचार गराइृ रहेको छ । साथै संक्रमित व्यक्तिलाई पोषण सहयोग, सिपमुलक तालिम र आर्थिक सहयोग गर्दै आई रहेको यस संस्थाले एचआईभि/एड्स यौन रोग तथा उपचार सम्बन्धी परामर्स दिदै आएको छ ।