ज्यामरुङ संस्मरण: तीतोमिठो अनुभव

Avatar photo
Dhadingpost
सोमवार, असार २८, २०७२

कन्चन अर्याल
kanchan aryalस्थानीय विकास मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुन धादिङ जाने अवसर मिल्यो । टोलीमा काठमाडौंवाट राष्ट्रिय समाचार समितिका भिष्म ओझा, सेतोपाटीका प्रकाश ढुंगाना र म थियौं । करिब ११ बजे धादिङ पुग्यौं । गोरखापत्र दैनिकका धादिङ संवाददाता मुरारी अधिकारी पनि थपिए, हाम्रो टोलीमा । ज्यामरुङसम्म पुग्ने योजना थियो । जिल्ला विकास समितिले गाडीको प्रबन्ध गरेको थियो ।
गोला भन्ज्याङसम्म गाडीमा गयौं । बाटो खराब थियो । बाटो यति बिग्रिएको थियो की कति ठाउ“मा जीवनको अन्तिम दिन आजै हो जस्तो लाग्थ्यो । ड्रँइभर दाई निकै अनुभवी रहेछन् । २०४२ सालदेखि गाडी चलाउन थालेका रे । म भन्दा दाईको ड्राइभिङ अनुभव जेठो रैछ, मैले सुनाए, दाई खिस्स हा“से । गफिदै जा“दा थाहा भयो, दाईको घर र मेरो पहाड घर एउटै गाबिसमा रैछ । अघिल्लो सिटमा भिष्म दाई हुनुहुन्थ्यो, ड्राइभर दाईको चाहिनेभन्दा बढी प्रसंशा गर्दै हुनुहुन्थ्यो, बुढा मख्ख थिए । जोशिएर ड्रइभिङ अनुभव सुनाउ“दै थिए ।
प्रकाशले अर्यालकी छोरी बिहे गरेका रैछन । म पनि अर्याल हु“दा धादिङसम्म पुग्दा मैले उनलाई ज्वाईंको सम्बोधन गर्न भ्याइसकेको थिए“ । भीष्म दाई ड्राइभरलाई उचाल्दै हुनुहुन्थ्यो, अलिक बढी नै भएपछि ज्वार्इं साब मलाई चिमोट्थ्थे । गोलाभन्ज्याङ गएर गाडी रोकियो । गाडी त्योभन्दा माथि जान सक्दैन थियो । पुग्नुपर्ने ज्यामरुङ गाबिस भवन थियो । गोलाभन्ज्याङमा गाडीको ब्रेक लाग्यो, नजिकै भट्टी पसल रैछ । दिउ“सै तिनपाने लगाएका दुई मित्र ६ हजारको खशी किनेर दारु खाने सल्लाह गर्दैै रैछन, मदिराको तालमा ।
गाबिस भवन कति टाढा छ ? भिष्म दाईले सोध्नुभयो । २० मिनेट, नशाको सुरमा उतावाट जवाफ आयो । हि“ड्ने निर्णय भयो, उकालो लाग्यौं । बाटोमा भेटिने सबैलाई हामी सबैको एउटै प्रश्न हुन्थ्यो, कति समय लाग्ला ? सबैको जवाफ २० मिनेट हुन्थ्यो । तर गाबिस भवनसम्म पुग्न करिब एक घण्टा लाग्यो ।
काम थियो, स्थानीय विकास मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम अनुगमन गर्ने । गाबिस भवन पुग्दा हाम्रो ध्यान अन्तै मोडियो । भुकम्प पीडितलाई गाबिस भवनबाट १५ हजार रुपैया“ प्रतिपरिवार बा“डिदै रहेछ । गाबिस भरीका अधिकांश स्थानीय गाबिस भवनमा जम्मा भएका थिए । १५ हजार थाप्नेको लाइन थियो । हामी पुगेको दिन मात्रै करिब एक करोड रुपैया“ स्थानीयलाई बा“ड्ने योजना गाबिसको रहेछ ।
भर्खर बैंकबाट निकालिएको कटकट गर्ने हजारका नोट लोभलाग्दो थियो । पैसा १५ हजार भए पनि काम चैं एकलाखको भन्दा बढी गर्छन्को जस्तो लाग्थ्यो, नया“ कटकटिएको नोट हेर्दा । पैसा नपाउने लाइनमा थिए, पैसा पाउने चाहि“ नजिकैको पसलतर्फ लाग्थे । पैसा बुझ्ने अधिकांश नजिकैको पसलतिर गएको देख्दा के रहेछ भन्दै हामी पनि त्यतै लाग्यौं ।
बाहिरबाट हेर्दा किराना पसल जस्तो देखिन्थ्यो । तर कुरा त अर्कै रैछ । बाहिर किराना पसल भित्र दारु पसल ।
गाबिस भवनबाट १५ हजार बुझ्नेहरुको त्यो पसलप्रति किन यति धेरै मोह बल्ल मैले बुझें । भित्र निकै भिड थियो । कोही मुढामा थिए, कोही उठेरै दिइरहेका थिए । सबै मदिराको नशामा लठ्ठ थिए । साउनीलाई भ्याइनभ्याइ थियो । साउनीको सहयोगी मात्रै ५ जना थिए । बेर्फुसदिली साउनीस“ग एकछिन गफ गर्ने प्रयास गरे“ । साउनी रक्सी बा“ड्दै थिइन, मैलो सोधेको जवाफ झर्किदै फर्काउ“दै पनि थिइन ।
हिजो मात्र ७५ हजारको रक्सीको व्यापार भयो रे । आज अझै बढी हुन्छ की ? मैले कति रक्सी बेच्नुभयो भन्ने प्रश्नको ठाडो जवाफ दिइन साउनीले । सदरमुकामबाट मात्र २५ किलोमिटर टाढा छ, साउनीको पसल । सबै प्रकारका मदिरा उनको पसलमा उपलब्ध छ । १५ हजार बुझ्ने साउनीका ग्राहकहरु बोत्तल सिध्याउ“दै थिए । उनी गिलास भर्दै थिइन । एक युवकले यो वियर त जति खाए पनि लाग्दैन ? पिसाब फेरेपछि सक्किहाल्छ भन्दै थिए । ‘हिजोसम्म लोकल खान्थिस आज वियर खाइस अनि कसरी लाग्छ त ?’, साउनीले कडा जवाफ फर्काइन् । ‘पैसा भाको बेलामा खानी त हो नी’, केटो पनि के कम थियो ।
मनमनै सोचे“ केटोले राहातको पैसा सबै सिलप्याकमा सक्नी भयो । अनि साउनीलाई सोधे“, ‘लोकल रक्सी बिक्रि भएन साउनी, आज ?’, पुरानै शैलीमा जवाफ फर्काइन, ‘एक गिलास पनि छैन, अस्तीसम्म १० ग्यालीनभन्दा बढी लोकल जान्थ्यो, हिजो र आज त सिलप्याक मात्रै गाछ ।’ भुकम्पले रक्सी खाने स्तर बढाएछ, एक दुई दिन भए पनि, मनमनै सोचे“ ।
मदिरा पिउनेको भिडमा टाठाबाठा जस्तो देखिने एक अधवैंशे पनि थिए । उनी अलि अप्ठ्यारो मान्दै वियर पिउ“दै थिए । साउनीको र मेरो सवाल जवाफ निकै ध्यानपुर्वक सुन्दै थिए । म उनलाई पहिलेदेखि नै नोट गरेको थिए“ । सायद, गाउ“का मास्टर होलान, म सोच्दै थिए“ ।
करिब १० मिनेटपछि उनले साउनीलाई कति प्रश्न सोध्नुहुन्छ पत्रकार ज्यू भनेपछि म झसङ्ग भए“ । मैले त मेरो परिचय दिएको छैन । ‘कसरी चिन्नुभयो ?’, मैले सोधे“ । मेरो अड्कल अनुसार उनी ज्यामरुङकै एउटा स्कुलमा पढाउ“दा रहेछन् । धेरै खुलाएनन् बरु मेरो नामसहित मेरो टेलिभिजन कार्यक्रमको नाम भने । सबैको ध्यान मतिर केन्द्रित भयो । मदिराले लठ्ठ भएका एक वृद्ध जुरुक्क उठेर भने, ‘सरकाले हामीलाई केही दिएन, फलनो, ढिस्कानो संस्थाले यति जस्ता बा“ड्यो, उति जस्ता बा“ड्यो । तर सरकार एक माना चामल दि“दैन ।’ १५ हजार बुझेर रक्सीले मातेका उनको कुरा सुन्दा कुन्नी के गर्नी लाई भन्दा देख्नीलाई लाज भन्ने नेपाली उखानको याद आयो ।
भट्टी पसलबाट फर्किए । गाविस सचिस“ग केही छिन भलाकुसारी भयो । ‘१५ हजारलाई जनताले के गर्लान सचिव ज्यू ?’, प्रश्न गरे“ । करिब ७० प्रतिशतले रक्सीमा सक्छन्, सचिव ज्यू फिसिक्क हा“से । रक्सी पिएर राहात पाइन भन्दै उल्टै पिट्न आउने गरेको पनि उनले सुनाए ।
भुकम्प आउनुअघि करिब १८ सयघर धुरी थियो रे, ज्यामरुङमा । तर, भुकम्प आएपछि रातारात २ सय घर बढेर २ हजार पुग्यो, सचिव गुनासो गर्दै थिए ।
करिब दुई घण्टाको बसाईपछि हामी फेरी गोलाभन्ज्याङतर्फ फर्कियौं । स्थानीय निकायको काम पनि गर्नुपर्ने थियो । बाटोमा फर्किंदा भिष्म दाई, प्रकाश, मुरारी र म रक्सी र १५ हजारको विषयमा तर्कवितर्क गर्दै आयौं । मोटामोटी हिसाब गर्दा करिब ३ करोड रुपैया“ ज्यामरुङ गाविसमा बा“डिदो रहेछ । तीन करोड रुपैया“ लगानी गरेको भए गोलभन्ज्याङसम्म पुग्ने बाटो राम्रो हुन्थ्यो होला वा ज्यामरुङ नमुान गाविस बन्थ्यो होला, मनमनै सोचे“ । गोलाभन्ज्याङ फर्किने क्रममा १५ हजारबाट दारु खा“दै गरेका दाई भेटिए । लर्बराउ“दै उनले भने, ‘सर जान लाग्नुभयो, काठमाडौ गएर सरकारलाई भन्दिनुस है, ज्यामरुङमा सरकारले एक गेडो पनि चामल बेचेको छैन ।’ उनले सकि नसकि हात मिलाए । हामीले हुन्छ शैलीमा टाउको हल्लायौं । बाटोमा फर्किदैगर्दा सोचें अब देश हइटीको बाटोमा हिंड्दैछ । सरकारले पैसा बा“डेर जनतालाई अल्छी बनाउ“दैछ ।
पत्रकार अर्याल एबीसी टेलिभिजनमा सिनियर समाचार सम्बाददाता हुन् ।