धादिङ । सुन्दै अचम्म लाग्ने गरि नलाङमा भुकम्प पिडितहरुलाई ४ घर बराबर १ पाता जस्ता बाडिएको छ । नलाङ गाउँ विकास समितिले घरधुरी संख्याको आधारमा १ सय २० बण्डल जस्ता भुकम्पले क्षति पुर्याएका २३ सय ४६ घरलाई ४ घर बराबर १ पाता बाडेको हो ।
भुकम्प पिडितलाई आपतकालिन राहत शौचालय, स्वास्थ्य र खानेपानी मर्मतको गाविसलाई दिएको ९ लाख मध्य ८ लाख को १ सय २० बण्डल जस्ता किनिएको हो घर धुरीका आधारमा वर्डा मञ्चलाई जिम्मा लगाई जस्ता बाँडिएको गाउँ विकास समितिका सहायक सचिव भरत सिलवालले हामी सँग बताउनु भयो ।
आपतकालिन उद्धारका लागि उक्त पैसा खर्च नभएपछि कहाँ सदुपयोग गर्ने भन्नेमा स्थानिय राजनैतिक दलहरुमा नै विवाद उत्पन्न भएपछि सवै पैसाले जस्तापाता खरिद गरिएको अहिले सम्म कुनै संघ सस्थाले पनि जस्ता नबाडेको ले गाउँ विकास समितिमा जस्ता त्यतिकै राख्नु भन्दा बाड्नु नै राम्रो दलिय सम्मेन्त्रको सल्लाह अनुरुप नै बाँडिएको समेत सिलवालले बताउनु भयो ।
उहाँले जस्तापाता दामासाही रुपमा वितरण गर्दा ४ घर बराबर १ पाता जस्ता भागमा परेको हो अरु जस्ता किन्न पैसा थिएन त्यहि भने नि बाँडिएको बताउनु भयो ।
नलाङमा फाया नेपाल नामक गैर सरकारी संस्थाले जस्ता बाँड्ने जिम्मा लिए पनि राजनीतिक गतिविधि सृजना गरेको गाविस सँग समन्वय नगरेको आरोप लागेपछि जस्ता बाडेको छैन ।
त्यसैगरि पौरखी नेपाल र शन्ती नेपालले पनि नलाङका भुकम्प पिडितलाई सहयोग गर्ने भने पनि नलाङका भुकम्प पिडितहरुले अहिले सम्म जस्ता पाउन सकि रहेका छैनन् ।