पर्यटन विकासको गुरुयोजना निर्माण गर्न अन्तरक्रिया गरियो

Avatar photo
Dhadingpost
मङ्लबार, असार २२, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ जिल्लाको पर्यटन गुरुयोजना निर्माण गर्नको लागि आज सरोकारवालाहरु वीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । समग्र धादिङ जिल्लाको पर्यटकिय क्षेत्रको प्रवर्धन, संरक्षण र प्रचार प्रसार गरि जिल्लालाइ पयटकिय गन्तब्य रुपमा विकास गराउनेका लागि गुरुयोजना बनाउन सरोकारवालाहरु बीच छलफल गरिएको हो ।
जिल्ला विकास समिति धादिङको सहयोगमा धादिङ उद्योग बाणिज्य संघले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष रमेश धमलाले धादिङको पर्यटकिय क्षेत्रको विकासका लागि सर्वप्रथम राजनैतिक दलहरु नै एक हुनुपन बताउनु भएको छ । पर्यटन प्रवद्र्धनका लागि गुरु योजना निर्माण गर्दा सुरक्षा र लगानीको बातावरण सुरक्षित हुने ब्यवस्था मिलाउन पनि उद्योग बाणिज्य संघलाइ आग्रंह गर्नुभयो ।
धादिङ जिल्ला पर्यटकिय क्षेत्रका हिसाबले राम्रो जिल्ला भएपनि यहाँको पर्यटकिय क्षेत्रहरुको सही सदुपयोग नभएको भन्दै टान ले पनि छुट्टै कार्यक्रम गरिरहेको बताउनुभयो । छलफल कार्यक्रममा सहभागी अधिकाँश बक्ताहरुले बृहत छलफल गरेर मात्रै गुरुयोजना निर्माण गर्नको लागि आग्रह गरेका छन् । छलफल कार्यक्रममा सभाषद दिलमान पाख्रिन, जिल्लाको राजनैतिक दलका प्रमुखहरु होटल ब्यवसायीहरु र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।