जस्ता लिएर गएको गाडी कटुन्जेमा पल्टियो

Avatar photo
Dhadingpost
सोमवार, असार २१, २०७२

धादिङ । जस्तापाता बोकेर कटुन्जे जाँदै गरेको बा ३ ख १५५ नम्बरको स्वराज गाडी दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।
भुकम्पले क्षतिग्रस्त बनेको कटुन्जे गाउँ विकास समिति स्थित कुण्डलादेवी उमाविलाई सहयोग गर्न लगिएको जस्तापाता बोकेको गाडी कटुन्जे ५ घलेगाउँमा आईतबार दुर्घटना भएको थियो । उकालो बाटोबाट पछि हटेको उक्त स्वराज गाडी सडकबाट करिब २० मिटर तल झरेको थियो । गाडि दुर्घटनामा परि कटुन्जे गाउँ विकास समितिका एक स्थानीय र सेमजोङ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान घाईते भएको बताइएको छ । घाईते दुवै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
पोखरामा रहेको वान बुवसोसन एजुकेशन टु फाउण्डेशन नामक संस्थाले कुण्डलादेवी उच्च माध्यमिक विद्यालयलाई ४७ बण्डल जस्ता सहयोग गर्न लागेका थिए दुर्घटनापछि जस्तापाता यत्रतत्र छरिएको छ ।