आफ्ना छोरा छोरीले विशिष्ट श्रेणी नल्याउने डर भए हामी कहाँ ल्याउनोस्

Avatar photo
Dhadingpost
सोमवार, असार १४, २०७२

hari lamsalहरि लम्साल, प्रिन्सिपल,धादिङ बोर्डिङ आवासीय उमावि, धादिङवेसी
धादिङ आवासीय उच्च माध्यमिक विद्यालयले प्राप्त गरेको नतिजा शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको प्रयासबाट सफलता प्राप्त भएको हो । मैले यो सफलता पक्कै प्राप्त होला भनने विश्वास लिएको थिएँ । विद्यालयको यस्तो सफलताले आगामी दिनमा थप अगाडि बढ्न उर्जा मिलेको छ ।
हाम्रो विद्यालयबाट कुल ५५ जना विद्यार्थी परीक्षामा सामेल भएको थिए, सबैको नतिजा राम्रो होस् भन्ने कुरामा म लगायत शिक्षक साथीहरु सचेत थियौं । यस कार्यमा हाम्रा अभिभावकज्यूहरुले पनि हामीलाई साथ दिनुभयो । म र मेरो टिमले तालिम, अनुभव र ज्ञान सबै खर्च गरेपछि यो सफलता प्राप्त भएको हो भन्ने कुरामा म विश्वस्त छु । कतिपय छात्रछाहरुलाई नियमित सम्पर्कमा रहन्छन् । हाम्रा बहुसंख्यक छात्रछात्रा नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा डाक्टर, इन्जिनियर, पाइलट प्राविधिक बनिसकेका छन् । यसै विद्यालयका छात्र किरण अधिकारी हालै नासाको बैज्ञानिक बनिसकेको खबरले म अत्यान्त खुसी भएको छु । यो धादिङ आवासीय उच्च माध्यमिक विद्यालयको मात्र गौरबको कुरा होइन । धादिङ जिल्ला र सिंगो देशले नै गर्व गर्नुपर्छ । यस्ता उपलब्धीहरुलाई हामीले विगतका वर्षहरुदेखी नै प्राप्त गर्दै अईरहेका छौं । यो विद्यालय नेपाल भरीकै संस्थागत विद्यालयहरुमा सातौं स्थानमा परेको कुरा हामी सबैलाई थाहै छ । यस्तो सफलताको सिंडी चढ्दै यस विद्यालयलाई देशकै नमुना र उत्कृष्ठ विद्यालय बनाउने दिर्घकालीन सोंच छ । त्यसैले यस्ता सफलताको निरन्तरतामा शंका राख्ने ठाउँ छैन ।
अन्त्यमा तपाई र तपाईैको पत्रिकालाई धन्यवाद दिन चाहन्छु । सफल छात्रछात्रा, अभिभावक, शिक्षक परिवार तथा सिंगो धादिङ बोर्डिङ आवासीय उमावि परिवारलाई बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु गुणात्मक र परिमाणात्मक शिक्षाको लागि धादिङ आवासीय उच्च माध्यमिक विद्यालय भन्दा अर्को विकल्प छैन भन्ने मेरो बुझाई छ धन्यवाद ।

sasti sirषष्टीकुमार श्रेष्ठ, प्रिन्सिपल,चिल्ड्रेनपार्क आवासीय उमावि, धादिङवेसी
गत चैत्र २०७१ मा संचालित एसएलसी परीक्षाको नतिजा यस विद्यालयले विगतका वर्षहरुमा हासिल गरेको नतिजाको निरन्तरता हो । यस उपलब्धीले हाम्रो शैक्षिक उचाई अझै उचो बनाएको हामीले महसुस् गरेका छौं समग्र विद्यार्थीहरुको उपलब्धी त झनै प्रशंसनीय छ । यस वर्ष पनि परीक्षामा सम्मिलित ४३ जना विद्यार्थी मध्ये नविन वुर्लाकोटी ९२.२५ प्रतिशत सहित ३५ जना विशिष्ठ श्रेणी र ८ जना प्रथम श्रेणीमा शत प्रतिशत उत्तीर्ण हुनुका साथै समग्र शैक्षिक उपलब्धी ८३.३३ प्रतिशत हुनु यस विद्यालयको लागि मात्र नभई समग्र धादिङ जिल्लाकै शैक्षिक नमुना केन्द्र हो भन्ने मलाई लागेको छ । यसरी उत्कृष्ठ नतिजा प्राप्त गर्न विद्यार्थी शिक्षक, अभिभावक र विद्यालय सबैको सकारात्मक प्रयासको हात रहेको छ । मेहनति, जेहन्दार, विद्यार्थीहरु लगनशील, शिक्षकहरु कुशल व्यवस्थानप भएको, विद्यालय व्यवस्थापन समिति तथा समग्र शैक्षिक वातावरण बनाईदिनुहुने आदरणीय अभिभावक ज्यूहरुको विशेष हात रहेको छ र म उहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । यस विद्यालयबाट २०५९देखी एसएलसी उत्तिर्ण भाई बहिनीहरु उनीहरुको लगनशीलता क्षमता इच्छा अनुसारको विषय छनौट गरी अध्ययन पश्चात हाल कोही डक्टर, केही इन्जिनियर, कोही सि ए व्यवस्थापक, कुशल व्यवसायी, हामीजस्तै शिक्षक, लेक्चर, नर्स आदी बनिसकेर सेवामा समर्पित भईरहेका छन् । हाम्रो एसएलसी नतिजा तथा शैक्षिक उपलब्धी जिल्लमा मात्र सिमित छैन । २०६८ सालमा हाम्रो विद्यालयबाट एसएलसीमा सम्मिलित भाई सन्तोष उपाध्यायले ९३.१२ प्रतिशत अंक ल्याई बोर्ड तृतीय जस्तो गरिमामय स्थान हासिल गरिसकेका छन् । त्यसैले आगामी दिनमा यस वर्षको उपलब्धी भन्दा पनि माथि हरेक वर्ष देशकै एक परिचित शैक्षिक उपलब्धी सहितको शैक्षिक संस्था हुनेछ ।
अन्त्यमा २०७१ को एसएलसीमा सफल हुनुहुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई सिपी कलेज तथा चिल्ड्रेनपार्क उमाविको तर्फबाट हार्दिक बधाई तथा भावी शैक्षिक प्रगतिका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।

govinda sirगोविन्द बुढाथोकी,प्रिन्सिपल,एड्भान्स एकेडेमी, धादिङवेसी
एसएलसी महत्वपुर्ण अवसर थियो सहभागी भयौं, जिल्लाके समग्र रिजल्टमा तेस्रो र प्याव्सन प्रथम (छात्रा)तर्फ उत्कृष्ठता हासिल भएको छ । दलित छात्र छात्राहरुतर्फको जिल्ला प्रथम पनि हाम्रै विद्यालयबाट भएकोले अत्यन्त खुसी र थप जिम्मेवारी काँधमा थपिएको छ, साख र प्रगति जोगाउन ।
यस वर्ष २१ जना विद्यार्थीहरु सहभागी भएका थिए जसमा ९१.५ प्रतिशत उत्कृष्ठ सहित १२ जना विशिष्ट र ९ जना प्रथम श्रेष्णीमा प्रथम भए ।
यो हाम्रो छैठौं व्याच हो, जसलाई विद्यालय सुरुवातीका बेला तीन कक्षामा भर्ना गरेका थियौं । लगभग हाम्रै वातावरणमा हुर्केका हुनाले यो उत्कृष्टता हासिल भएको हो ।
प्रथम व्याचका २ जना वेभ डिजाइनर, अन्तराष्ट्रिय मानयता सहित २ जना सिए,
(चार्टर एकाण्टेन्ट) १ जना नर्स हुनुहुन्छ । दोस्रो व्याचदेखी आइटी., नर्सिङ, एमविविएस्, विएसएजी, आदी पढ्दैछन् । धेरैले कलेज टप पनि गरेका छन् । जस्तै चितवनको क्यापिटल कलेज, काठमाण्डौको सिएम्सी आदी ।
अवका व्याचमा त झन् आफ्नै विद्यार्थीहरु सुरुवात हुँदैछ, अवश्य पनि हामी उत्कृष्ट हुनेछौं, जिल्लाको इतिहास रच्ने मौका पर्खिरहेका छौं ।
विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सीप हासिल गर्न घरायसी वातावरण भएको र दण्ड सजार र त्रास रहित वातावरणमा अध्यापन गराउनुका साथै अतिरिक्त क्रियाकलापमा जिल्लाकै अग्रज विद्यालय यस एड्भान्स एकेडेमीको सन्दर्भमा विशेष एसएलसीको नतिजा र यसका विषयमा पाठकहरुमाझ रहेका सान्दर्भिक जिज्ञासाहरु छर्लङ्ग बनाउने मौका प्रदान गर्नुभएकोमा विन्दुकेशरा परिवारलाई धन्यवाद÷ उत्तरोत्तर प्रगतिको हार्दिक कामना ।

prayas regmiप्रयास रेग्मी, प्रिन्सिपल, न्यू किबो बोर्डिङ स्कुल, धादिङवेसी
हाम्रो विद्यालय न्यू किबो बोर्डिङ स्कुलमा जम्मा ३१ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी थिए र त्यसमा यहाँहरुलाई नै अवगत छ । ३० जना विद्यार्थीहरु डिक्स्टिङ्सन र १ जना प्रथम श्रेणी ल्याउन सफल भएका छन् । विद्यालय प्रशासन, शिक्षकहरु र विद्यार्थी भाई बहिनीहरुको निरन्तर मेहनत तथा विद्यार्थीहरुलाई नियमित काउन्सिलिङले गर्दा यो उपलब्धी हासिल गर्न सम्भव भएको हो । अवस्य पनि विद्यार्थीहरुको एसएलसी परीक्षाको उपलब्धी उसको दिर्घकालीन उपलब्धीसंग जोडिने भएकोले क्षणिक भ्नदा पनि दिर्घकालीन उपलब्धीलाई जोड दिइएको हाम्रो विद्यालयका पूर्व विद्यार्थीहरु आ–आफ्नो क्षेत्रमा सफल भईरहेका छन् । उदाहरणको रुपमा प्रथम व्याजको प्रथमक व्याजको ठाकुर लम्साल जर्मनीमा इन्जिनियरिङ गर्दैछन् । दिपक लम्साल रामपुर क्याम्पसमा भेटेरीनरी डक्टर गर्दैछन् । त्यस्तै विजय बाबु धमला चीनमा एमविविएस् गर्दैैछन् । जहाँसम्म उपलब्धी निरन्तरताको कुरा छ, प्रत्येक वर्ष हाम्रो रिजल्ट क्रमिक रुपमा सुधारिँदो गतिमा गईरहेको यहाहरुले पनि प्रत्यक्ष रुपमा देखिरहनुभएको छ । त्यसैले पछिसम्म यो नतिजा निरन्तर मात्रै होइन, अझ विशेष थप गर्दै अघि बढ्नेछ ।
सम्पूर्ण सफल विद्यार्थी भाई बहिनीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । हाम्रो विद्यालयबाट सफल भर्यबहिनीहरुलाई विद्यालयमा करियर काउन्सेलिङ (व्यक्तिगत रुपमा) चलिरहेको छ । त्यसमा सहभागि भएर आफ्नो विषय छनौट र अन्योलमने स्थितिलाई सहज बनाउन आग्रह गर्दर्छु । शिक्षक कर्मचारीहरु जो निरन्तर बाबु नानीहरुमा समर्पित हुनुभयो, उहाँहरुलाई पनि सम्झन चाहेँ, उहाँहरुको कारण यो नतिजा सम्भव भएको हो । सम्पूर्ण अभिावकहरुमा यो आग्रह गर्दछु की तपाईहरुको शैक्षिक लागानीको उचित र उत्कृष्ठ प्रतिफल दिन हामी सदैव लागिरहनेछौं र सो प्रमाणित गरेर देखाउनेछौं अन्तमा यो मौका प्रदान गर्नुहुने विन्दुकेशरा साप्ताहिकलाई विशेष धन्यवाद दिन चाहन्छौं ।

prakash paudaleप्रकाश पौडेल, प्रिन्सिपल, सुनगाभा एकेडेमी, धादिङवेसी
खर्भरै प्रकाशित भएको प्रवेशीका परीक्षाको नतिजाले विद्यार्थीहरुको एउटा भविष्य त सुनिश्चित गरेकै छ । विद्यार्थीहरुको मेहनत, शिक्षकहरुको मेहनत र अभिभिावकहरुको सक्रियाताले यो धेरै हदसम्म त सफल भएकै छ तर, वर्षेनी प्रतिशत बढ्दै गर्दाखेरी अभिभावकहरुमा अनपेक्षित आशाहरु बढ्दै जान्छ कि ? आगामी दिनमा केही समस्या पार्छ कि भन्ने मलाई एकातिर चिन्ता लागेको छ भने अर्कातिर सरसर्ति हेर्दा ३९ जना विद्यार्थीमा ३० जना डिक्सिटिन्सन १ जना फष्ट डिभिजन अरु सवैले देख्दा राम्रै रिजल्ट छ ।
व्यक्तिगत रुपमा त खुसी नै छु । तर, विद्यार्थीलाई पढाईका साथसाथै नैतिकता र अनुसासनम कसरी ढाल्ने ? र नम्बर भन्दा पनि वानी र व्यवहार ठूलो हो भन्ने भन्ने कसरी सिकाउने भन्ने मलाई चिन्ताको पाटो छ । म चिन्तित र खुसी दुईवटै आधा–आधीको स्थितिमा छु ।
एसएलसी भनिसकेपछि विद्यार्थी तयारीमा रहने, अभिभावकहरुले गाईड गरिरहने, अनि विद्यार्थीलाई नातागोताबाट पनि एसएलसीको वर्ष हो भनेर चासो राख्ने र विद्यालयले पनि एसएलसीको वर्ष हो भनेर एक्ष्ट्रा क्लास पढाएर क्लासमा पनि काउन्सिेलिङ गराएर जाने स्थिति छ । यद्यपी विद्यालयले कक्षकोठा शिक्षणमा पनि जान्ने नजान्ने विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर एकले अर्कोलाई सिकाएर अगाडि बढ्नुपर्छ भन्ने अभ्यास पनि गरेको हो । हाम्रो विद्यालया पढेर बाहिर गएका थोरै मात्र विद्यार्थीहरु कहाँ के गरिरहेका छन् भन्ने छलफलमा आउने गरेको छ ।
बास्तवमा हामी थोरै मात्र राम्रा विद्यार्थीको नाम लिएर नराम्रा विद्यार्थी कहाँ के गरिरहेका छन् ? अभिभावक जगत सबैलाई ढाँटी रहेका छौं कि भनेर आत्माआलोचित हुन मलाई मन लागेको छ ।
गुणत्मकतालाई कसरी हेर्ने भन्ने कुरामा केन्द्रिय तहदेखी नै नीति निर्माण तह देखी नै उठेन र बस्तुगत निर्णय भएन भने मलाई लाग्छ त्यो गुणात्मकता एक दिन धेरै प्रतिशत ल्याए पनि सबैले डिक्सटिन्सन ल्याए पनि एउटै रसीमा कसेर हेर्न मिल्दैन ।
साक्षर मात्रै बनाउने, शैक्षिक जनशक्ति उत्पादन नगर्ने जस्ता कुरा लगभग लगभग निश्चितप्राय देखेको छु । अन्त्यमा अहिले विद्यार्थीहरुको विचमा र सबैको विचमा एसएलसीलाई सबैभन्दा ठूलो हाउगुजीको रुपमा लिने र एसएलसी पासलाई नै सबै कुरा हो भन्ने तरिकाले विद्यालय, अभिभावक प्रिन्सिपल सबैले लिने गरेकोले यो नकारात्मक भावना विकास भएको छ ।
जुन जुन विषयमा प्रयोगात्म परीक्षा संचालन भएका छन् २५–२५ नम्बरका ४ वटा विषयमा त्यहाँ प्राय विद्यालयहरुले गुणात्मकतालाई ख्याल नगरिकन सबै क्षमता भन्दा पनि बढी नम्बर पठाईराख्या छ कि, मैले आफूले पनि पठाईराख्या पो छु कि भनेर हेर्ने कुराले आफैंलाई छुन्छ ।
कम्तिमा त्यसको पनि वस्तुगत मापन हेर्ने निकयले हेरिदियो भने, सच्चिने निकायलाई सजिलो र त्यो म्यासेज अभिभावकहरुसमक्ष पु¥याउन सजिलो हुन्थ्यो कि भन्ने मेरो अपेक्षा छ । अब एसएलसी सामानय १–२ कक्षा, ३–४ कक्षा जस्तै एउटा कक्षा हो भनेर बुझाउन आवश्यक छ ।