द्वन्दपिडितलाई सम्मान गरियो

Avatar photo
Dhadingpost
आइतवार, असार १३, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । स्थानिय शान्ति समितिको आयोजनामा द्वन्द प्रभावित परिवारलाई पुनरमिलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहित तथा व्यपत्ता परिवार जनहरुलाई सम्मान स्वरुप सम्मान पत्र प्रदान गरिए पनि अधिकाँशले सम्मान पत्रमा सहिद शब्द नलेखिएको भन्दै सम्मान पत्र बुझेनन् ।
उनीहरुले द्वन्दको समयमा राज्यबाट होस या विद्रोही जो जसबाट मारिएको भएपनि सहिद घोषणा गरिनु पर्ने र वेपत्ताहरुको टुङ्गो लगाउनु पर्ने बताएका थिए ।
OLYMPUS DIGITAL CAMERA
स्थानिय शान्ति समितिले राज्यलाई दबाव दिन नसकेको भन्दै तत्काल द्वन्दकोकारण मारिएकाहरुलाई सहिद घोषणा गर्न पहल गर्न आव्हान गरेका थिए ।
स्थानिय शान्ति समिति धादिङका संयोजक एवम् नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएको पुनर मिालन तथा सम्मान कार्यक्रममा जिल्लाका सहित तथा व्यपत्ता परिवारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूर्ण संयोजकहरु रामनाथ अधिकारी, रामबहादुर भण्डारी र अधिवक्त टंककुमार श्रेष्ठले पुनरमिलन कार्यक्रको औचित्यबारे बताउनु भएको थियो ।