कुमारी देवि माविलाई टुकी नेपालको २ लाख नगद सहयोग

Avatar photo
Dhadingpost
शनिबार, असार १२, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ ज्यामरुङ । भुकम्पले क्षेतिपुगेको कुमारीदेवि मावि ज्यामरुङ आपटारीलाई टुकी नेपालले नगद २ लाख सहयोग गरेको छ । विद्यालय परिषरमा भएको एक विशेष कार्यक्रमका बीच टुकि नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले पूर्ण निर्माणको लागि विद्यालयलाई २ लाखको चेक प्रदान गर्नु भएको हो ।
वार्षिक कार्यक्रम अनुसार श्रोत व्यक्ति प्रेम कुमारी मल्लको प्रमुख आतिथ्यतामा भएको आमा भेलामा सापकोटाले शैक्षिक उन्नतीको लागि आफ्नो संस्थाले कुमरीदेविलाई यस अघि पनि १ लाख १० हजार दिएको र भुकम्पले भवनलाई क्षेति पु¥याएकोले फेरि २ लाख सहयोग गरेको बताउनु भएको थियो । यस विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका सापकोटाले गरिव परिवारका विद्यार्थीलाई विगत ५ वर्ष देखि स्कुल ड्रेस, व्याग र स्टेसनरी सामाग्रसहयोग गर्दै आउनु भएको छ ।
यसैगरि स्थानिय तारालाल धरेलले यस वर्षको लागि १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई चाहिने सम्पूर्ण स्टेशनरी सामान र असाय ५० जना विद्यार्थीलाई स्कुल पोषाक विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो ।
OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA