अहिले सम्मकै उत्कृष्ट नतिजा एड्भान्स एकेडेमीको

Avatar photo
Dhadingpost
शनिबार, असार ५, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । एड्भान्स एकेडेमी धादिङबेसीले अहिले सम्मकै उत्कृष्ट नतिजा ल्याएको मा खुसीयाली मनाएको छ । २०६६ सालदेखी एसएलसी परीक्षा दिन सुरुवात गरेको एड्भान्स एकेडेमीले विगतका वर्षहरुमा भन्दा उत्कृष्ठ प्रतिशद ल्याउँदै जिल्लाकै तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
यस विद्यालयबाट परीक्षा दिएकी सुजिता पोखरेलले ९१.५ प्रतिशत अंक ल्याएपछि विद्यालय जिल्लाकै सर्वाधिक अंक ल्याउने विद्यालयहरु मध्येको तेस्रो स्थानमा परेको हो ।
विद्यालयले एसएलसीको परीक्षामा जिल्लाभरकै नीजि विद्यालयहरुमध्येको तेस्रो स्थान हासिल गर्न सफल भएपछि विद्यालयले खुसी प्रकट गर्दै शिक्षक, अभिभावक तथा विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी बधाई समेत दिएको छ ।
OLYMPUS DIGITAL CAMERAविद्यालयले शनिबार विद्यालयका संस्थापक सदस्यहरु, शिक्षक अभिभावक, विद्यार्थी, तथा जिल्लामा क्रियाशील विभिन्न संघ संस्था तथा सरोकारवालाहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो ।
सो अवसरमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बद्री तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली), विद्यालयका संस्थापक सदस्य नविनबन्धु पहाडि, स्थानीय अभिभावक ध्रुब अधिकारी, विद्यालय संचालनका लागि जग्गा उपलब्ध गराउनुहुने द्धय चेतनारायण श्रेष्ठ र जनक ढकाल लगायतको समेत आतिथ्यता रहेको थियो ।
२०६६ सालदेखी एसएलसी परीक्षा दिन सुरुवात गरेको एड्भान्स एकेडेमीले यस अघि पनि उत्कृष्ठ अंक ल्याउँदै आएको थियो । OLYMPUS DIGITAL CAMERA
एड्भान्स एकेडेमीबाट २०७१ सालको परीक्षामा २१ जना विद्यार्थीले एसएलसी परीक्षा दिएकोमा १२ जनाले विशिष्ट श्रेणी र अन्य ९ जनाले प्रथम श्रेणी ल्याउन सफल भएका छन् । विद्यालयले यस अघिको सबै वर्षहरुमा भन्दा यस वर्ष धेरै अंक ल्याएको विद्यालयका प्रधानाध्यापक गोविन्द बुढाथोकीले बताउनुभयो ।
धादिङबाट एसएलसी परीक्षामा धादिङ बोर्डिङ उच्च माध्यमिक विद्यालयबाट सन्देश भट्ट र जुनु श्रेष्ठले ९२. ३८ प्रतिशत अंक ल्याइ पहिलो स्थान हासिल गर्न सफल भएको छ । यसैगरी न्यूकिवो बोर्डिङ पुछार बजार धादिङबेसीबाट ३१ जना विद्यार्थी मध्य ३० जना विशिष्ट र १ जना प्रथम श्रेणीमा उतिर्ण भएपछि किवो स्कुलले आज दिन भर शुशियाली मनाउँदै धादिङबेसी बजार क्षेत्र परिक्रमा गरेको थियो ।