एमाओवादी धादिङले दियो कार्यकर्तालाई प्रशिक्षण

Avatar photo
Dhadingpost
शनिबार, असार ५, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्लाका पार्टी नेता कार्यकर्ताहरुलाई आज धादिङवेसीमा प्रशिक्षण दिएको छ । एकीकृत माओवादी धादिङ जिल्ला समितिक¬ो आयोजनामा दिएको प्रशिक्षण कार्यक्रममा पार्टीका गाउँ समितिका अध्यक्ष तथा पदाधिकारीहरु, जिल्ला जनआन्दोलन परिषदका सदस्यहरुको सहभागिता रहेको थियो ।
भुकम्प पछिको विपद व्ययवस्थापन तथा अगाडि बढ्दै गैरहेको राजनीतिक निकासलाई ध्यान दिई पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको एकीकृत माओवादी धादिङका सचिव विजय वुर्लाकोटीले बताउनुभयो । सो अवसरमा एकीकृत माओवादीका पोलिट ब्यूरो सदस्य तथा ताम्सालिङ राज्य इन्चार्ज नारायण दाहाल, सह इन्चार्ज हितबहादुर तामाङ, केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल लगायतले भुकम्प पछिको विपद् व्यवस्थापनका पार्टीले गरेको गतिविधि तथा राजनीतिक गतिरोध अन्त्यको लागि गरिएका प्रयासबारे पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणमा एमाओेवादी नेता तथा ताम्सालिङ राज्य समितिका इन्चार्ज नारायण दाहालले एकीकृत माओवादीकै एजेण्डामा देश अघि बढेको उल्लेख गर्नुभयो । सत्तापक्षकै केही राजनीतिक दलका नेताहरुले नै स्थायी शान्ति र संविधान नचाईरहेको बेला १६ बुँदामा सहमति गर्नुृले प्राप्त उपलब्धीहरुको रक्षा गर्न पार्टी सफल भएको बताउनुभयो । पछिल्लो समय बैशाख १२ गते गएको विनासकारी भुकम्पको समयमा समेत पार्टी जनताको सहयोगमा जुट्न सफल भएको समेत उहाँले बताउनुभएको थियो ।
OLYMPUS DIGITAL CAMERA