एसएलसीमा फेल भएपछि मैदीका एक छात्रले गरे हात्महत्या

Avatar photo
Dhadingpost
शनिबार, असार ५, २०७२

1धादिङ । एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि धादिङ मैदीका एक छात्रले आत्महत्या गरेका छन् । शुक्रबार एसएलसीको परीक्षाफल प्रकाशित हुँदा गोठालो पुगेका मैदी ठूलोचौर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत सुनिल भारती फेल भएको थाहा पाएपछि झुण्डिएर आत्महत्या गरेको स्थानीयहरुले बताएका छन् । शव जिल्ला अस्पतालमा पोष्टमार्टपछि अन्त्येष्टि गरिएको छ ।
यसैगरी एसएलसी परीक्षामा फेल भएकै कारण तनहुँमा भानु गाविस वडा नं २ निवासी १७ वर्षीया मनिसा पाण्डेले आत्महत्या गरेकी हुन् । मृतक पाण्डे संस्कृत माध्यमिक विद्यालय चुदीबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।
त्यसैगरी एसएलसी परीक्षामा फेल भएकै कारण मोरङमा पनि एक किशोरीले आत्महत्या गरेकी छिन् । एसएलसीमा फेल भएपछि मोरङ उर्लाबारी ७ की १७ वर्षिया लक्षमी शुक्रबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।