धादिङको चैनपूर र आगिञ्चोक पछि गोरखामा भेटियो कुहिएको चामल

Avatar photo
Dhadingpost
शुक्रबार, असार ४, २०७२

kuhiyeko-chamalधादिङ असार ४ । जिल्ला रेडक्रस सँग मिलेर WFP ले भुकम्प पिडितलाई कुहिएको चामल वितरण गरेको पाईएको छ । धादिङको चैनपूर र आगिञ्चोकमा कुहिएको चामल वितण गरेर आलोचनामा आएको यी २ संस्थाबाट गोरखामा पनि कुहिएको चामल वितरण गरेपछि सरकारको समेत ध्यान गएको छ । आजै मात्र प्रधानमन्त्री सुशील कोईराललले भुकम्प पिडितलाई कुहिएको चामल बाड्ने जुन कुनै संस्थालाई कार्वाही गरिने बताउनु भएको छ ।
सुशील कोइरालाले गुणस्तरहीन चामल वितरण गरिएका बारेमा आम नागरिकबाट आएको गुनासोलाई ध्यानमा राखी वितरणमा सुधार र आवश्यक कारबाही गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निर्देशन दिएका हुन् ।
भूकम्प प्रभावित जिल्लाहरुमा विश्व खाद्य संगठनले कुहिएको चामल बाँडेको गुनासो आएको छ ।
बैठकले यसअघि बाढी र पहिरोग्रस्त क्षेत्र बाँके, बर्दिया, दाङ र सुर्खेतमा प्रधानमन्त्रीले संसद्मा गरेको प्रतिबद्धताबमोजिम भूकम्प प्रभावित जिल्लामा जस्तै ती क्षेत्रमा समान राहत वितरण गरिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।