धादिङ चैनपुर जेष्ठ २७ । जिल्ला दैविप्रकोप उद्दार समितधादिङको आयोजना र शान्ति नेपाल र मेडिकल ट्रिटमेन्ट इन्रनेशनलको सहयोगमा आधारभुत सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको छ ।
समुदायको स्वास्थ्य र सरसफाईको अवस्थालाई सुधार गर्ने उद्देश्यले आयोजना गरिएको स्वच्छता सामग्री वितरण कार्यक्रममा सहभागिहरुलाई हातधुने समय र तरिका, शौचालय प्रयोग र खाने पानी शुद्दिकरणका विषयमाजानकारी गराईएको थियो । कार्यक्रममा मेडिकल ट्रिटमेन्ट इन्टरनेशनलका कन्ट्रि डाइरेक्टर मिके, शान्ति नेपालका सामुदायिक स्वास्थ्यअधिकृत इन्द्रमानशाक्य, सालवास स्वाथ्यचौकीकाप्रमुख भरत गुरुङ, विभिन्न राजनीतिकदलकाप्रमुखतथाप्रतिनिधिसामाजिक संघसंस्थाकाप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसै गरी चैनपुर गाउँविकास समिति र शान्ति नेपालको साझेदारीमा स्वास्थ्यतथा सरसफाई कार्यक्रम सञ्चालनगर्ने निर्णय भएअनुसार पुनः सास्थ्यतथा सरसफाई सम्वन्धि सचेतानाकार्यक्रम सञ्चालनगर्ने निर्णय भएको छ । यसै गरी मेडिकल ट्रिटमेन्ट इन्टरनेशनल र शान्ति नेपालको सहयोगमाचैनपुर गाउँविकास समितिको १७८५ घरधुरीमा सरसफाई स्वच्छता सामग्रीवितरण गर्ने येजना रहेको शान्ति नेपालको सामुदायिक स्वास्थ्यअधिकृत इन्द्रमानशाक्यले वताउनुभयो ।