जनपरिचालन अभियान राष्ट्रिय एकताको सन्देश- ईश्वर पोखरेल

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २४, २०७२

isworथाक्रे जेष्ठ २४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भूकम्प पछि उद्धार, राहत र पुनर्निर्माण कार्यमा कार्यकर्ताको उत्साहजनक सहभागिताले मुलुकको नेतृत्व गर्ने पार्टीको रुपमा आफ्नो पार्टी स्थापित भएको बताउनु भएको छ । धादिङको थाक्रे गाविसमा अस्थाई टहरा निर्माणमा १५ दिनदेखी खटिइरहेका कोशी अञ्चलका कार्यकर्ताहरुको अनुगमन गर्न पुगेका पोखलेलले जनपरिचालन अभियानले राष्ट्रिय एकताको सन्देश दिएको दावी गर्नुभएको थियो ।
थाक्रे–२ फोगटपुरमा स्वयम् सेवहरुले बनाइदिएको गंगा कार्कीको अस्थाई टहरो हस्तान्तरण गर्दै महासचिव पोखरेलले पिडित जनताको आत्मविश्वास जगाउन पार्टी परिचालनले राम्रो काम गरेको बताउनु भएको हो । पिडामा बसेका जनतामा निराशा कायमै छ, अव संधै निराश बनिराख्न भएन उनले भने अव जनता जाग्नु पर्छ आफ्नो काम आफै गर्न थाल्नु पर्ने सन्देश जनतामा दिनु पर्ने समेत पोखरेलले बताउनु भएको थियो ।
१५ दिनदेखी थाक्रेमा खटिएका कोशी अञ्चलका स्वयम् सेवकले ९९ सय घर एक विद्यालयमा अस्थाई टहरा निर्माण र ३२ घरका भग्नावशेस हटाएर अन्नपात सुरक्षित गर्न सघाएको धादिङ क्षेत्रनम्बर ३ का स्वयम् सेवक परिचालन कमिटीका संयोजक नेत्रराज पौडेलले जानकारी दिनुभयो ।