कार्यकर्ता रिहाई पछि माओवादीले गरेन चितवन बन्द

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २३, २०७२

11407031_10204491325543743_2200577342902223322_n-358x300चितवन, २३ जेठ । आज गर्ने भनिएको चितवन बन्द फिर्ता लिएको माओवादीले जनाएको छ । नेकपा माओवादीले कब्जामा लिएको जग्गामा भुकम्प पिडितहरुलाई राख्न थाले पछि बढेको विवाद सँगै हिजो चितवन सेक्रेटरी महेश चाैधरीसहित नेता कार्यकर्ता प्रहरीले गिरफ्तार गरेपछि आजको लागि चितवन बन्दको घोषणा गरिएको थियो ।

तामासालिङ राज्य समन्वय समिति इन्चार्ज चिरन पुनले एक विज्ञाप्ती निकाल्दै आफ्ना नेता कार्यकर्ताको रिहाई गरेकाले शनिबारको बन्द फिर्ता लिएको बताएका छन् ।