धादिङको दार्खामा जग्गा भाडामा लिई टहरा निर्माण निर्माण कार्य सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २२, २०७२

maricbhधादिङ दार्खा जेष्ठ २२ । यतिवेला दार्खा गा.वि.स.को वडा नं. ८ मा पर्ने धार्ना गाउँ अति जोखिम अवस्थामा छ । कुल घर संख्या ६५ रहेका उक्त गाउँको गएको विनाशकारी महाभुकम्पमा परि पुरै घर ध्वस्त भएका हुन् । हालको तथ्यांक अनुसार ४१२ जनसंख्या रहेको उक्त गाउँमा ४ जनाले आफ्नो ज्यान गुमाईसकेका छन् भने ७ जना गम्भिर घाइते भएका थिए । घाइतेहरूको अझै विभिन्न अस्पतालहरूमा उपचार भईरहेका छ ।
वर्षामा आउने पहिरोको डरले यस गाउँका बासिन्दाहरुले गाउँ छाड्दै अन्यत्र जजान थालेका छन् । गाउँ बस्न नसक्ने अवस्था भएपछि सम्पूर्ण गाउँले सुरक्षित ठाउँमा भाडामा जग्गा लिएर बस्न थालेका छन् । अहिलेसम्म लाङ्च्येत र बेशीटोलमा गरी २६ घरधुरीले मासिक रू.४०० का दरले भाडामा अस्थायी टहरा बनाईसकेका छन् ।
राज्यबाट जुन किसिमको सम्बोधन हुनुपर्ने थियो त्यो अझै हुन सकेको छैन । वर्षायाम आउन केहि दिन मात्रै बाँकी रहदा पनि सरकारले कुनै चासो दिएका छैनन् ।
दुई जना मात्र गुजारा चलाउदै आएका ७६ वर्षिय ख्याबोङ तामाङ गहभरि आँसु लिएर बताउँछन् । “भएको आफ्नो जीवन संगिनी पनि गुमाए, धेरै दुःख लागेको छ । वरिपरि पहिरो, खोला पनि नजिकै, माथिबाट कति खेर आउने हो ठूलो डर छ । यो ठाउँबाट अन्य सुरक्षित ठाउँमा लगिदिए ठूलो धर्म हुन्थ्यो ।”
पहिरोको अति जोखिममा रहेको यो गाउँको लागि सरकारले कहिले कदम चाल्ने त ? अनि कहिले जिम्मेवारी बन्ने त ? यो ठाउँबाट अन्यत्र सुरक्षित ठाउँमा चाडो भन्दा चाडो व्यवस्था गर्न आफ्नो फेसबुकबाट वर्डा नागरीक मञ्चका संयोजक मरिचमान तामाङले अपिल गर्नु भएको छ ।