भुकम्प पिडितको परिचय पत्र सामुदायीक स्कुलको प्रअले समेत दिने

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २२, २०७२

Simha_Durbar_Gateकाठमाडौँ, २२ जेठ । भूकम्पपीडितको परिचयपत्र वितरणमा प्रभावकारिताका लागि सरकारले सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई पनि वितरण कार्यमा जिम्मेवारी दिने निर्णय गरेको छ ।
सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको हो ।
बैठकले अर्थ मन्त्रालयले तयार गरेको दैवी प्रकोपका समयमा महसुल छुटसम्बन्धी कार्यविधि पारित गरेको छ भने मुलुकभित्रको जस्तापाताले मात्र माग धान्न नसक्ने भएकाले आपूर्तिमा ५० प्रतिशत राजस्व छुट दिने र खरिद कार्यका लागि साल्ट ट्रेडिङ र नेसनल ट्रेडिङलाई जिम्मा दिन प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई निर्देशन दिएका छन् ।