केवलपुर गाविस सचिवले गरे राहात अनियमिता

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २०, २०७२

धादिङ, केवलपुर जेष्ठ २० । बैशाख १२ गतेको विनासकारी भुकम्प पछि गाउँमा पठाइएका राहत हिनामिना भएको भन्दै केवलपुरका स्थानीयहरुले आरोप लगाएका छन् ।
भुकम्पको कारण घर भत्किएका तथा पीडित भएकाहरुको नाममा आएको राहत गाउँ विकास समितिको सचिव र स्थानीय वडा नागरिक मंचका संयोजकहरुको मिलेमतोमा हिनामिना गरिएको भन्दै स्थानीयहरुले आरोप लगाएका छन् ।
गाउँ विकास समितिबाट पाउने रकम वितरणमा समेत केवलपुर गाविसका स्थानीयहरुको नाममा भुमेस्थान गाउँ विकास समितिका स्थानीयहरुलाई समेत प्रदान गरेको नाम नबताउने शर्तमा एक स्थानीयले बताए ।
रकम समेत बुझेर लगेका भुमेस्थानका नागरिकहरुको बारेमा कुरा गर्दै स्थानीयहरुले केहीको नाम समेत उल्लेख गरि अनियमितता छानविन गरिदिन स्थानीहरुले सम्बिन्धित पक्षलाई माग गरेका छन् ।
केवलपुरका स्थानीयहरुले जिल्ला प्रशासको कार्यालयमा समेत निवेदन दिने तयारी गरेको उनीहरुले बताएका छन् । गाउँ विकास समितिका सचिव कैलास रेग्मी आफैंले राहत वितरणको नेतृत्व गरेको भएपनि मनोमानी गरेको उनीहरुले बताएका छन् । राहात वितरणको लागि स्टोर गरेर राखिएको त्रिपाल हराएको भनेर सचिवको मिलेमतोमा अनियमितता गरेको समेत उनीहरुले बताएका छन् ।
केवलपुर गाविसको वडा नं. ५ का केही भाग सहित वडा नं. ३, वडा नं. ४, वडा नं. ६ र वडा नं. ७ मा राहत अझै पनि नगद राहत पुगेको छैन । भुकम्प पीडितलाई नगद राहत बाँड्दा बाँड्दै नपुगेको भन्दै स्थानीयहरु गाविस सचिवसंग आक्रोसित भएका छन् ।
स्थानियबासीको आरोप
kewalpur
kewal