दुई विद्यालयले आलोपालो गरेर पठनपाठन सुरु गरे

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २०, २०७२

नुवाकोट जेष्ठ २० । नुवाकोटको दुईपिपल गाउँ विकास समितिमा रहेको दुईवटा विद्यालयले आलोपालो गरेर पठनपाठन सुरु भएको छ ।
कामरुदेवी उच्च माध्यामिक विद्यालयको भवन बस्न नमिल्ने भएपछि त्यस विद्यालयलाई अहिले लामाचौरमा रहेको इन्द्रश्वर निम्न माध्यामिक विद्यालयमा सारिएको छ । इन्द्रश्वर निमाविले विहान र कामरुदेवी उच्माविले दिउँसो पढाई सञ्चालन गर्ने थालेको कामरुदेवीका शिक्षक नारायणप्रसाद दाहालले बताउनुभएको छ । इन्दे्रश्वरमा भर्खरै निर्माणको चार कोठे पक्की भवन सुरक्षित रहेको र प्शस्त चौर भएकोले विद्यलाय सारिएको उहाँले बताउनुभएको छ ।
विद्यालय सरेसंगै पढ्न जानेहरुलाई पनि अपायक भएको छ । हिजोसम्म गाउँको माझमा रहेको विद्यलाय पल्लोपट्टि पुगेकोले विद्यार्थीहरुलाई अपायक भएको हो । डेढ दुई घण्टासम्मको बाटो अहिले इन्द्रेश्वर निमाविमा पुगेर कामरुदेवी उच्चमाविका विद्यार्थीहरुले पढ्दै आएका छन् ।
हिजोआज दुई विद्यालयका विद्यार्थी र शिक्षकको आउने जालेको आलोपालो हुने गरेको छ । भुकम्पले यसरी विद्यलाय नै बसाई जानुपर्ने अवस्थाको सृजना गरेपनि यसले मितेरी साइनोको विकास गरेको देखिएको छ ।