समाज सेवी बुद्धीलाल तामाङबाट एकल महिला, द्वन्द पीडित, बृद्धाहरुलाई नगद रुपैयाँ राहात स्वरुप प्रदान

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १८, २०७२

20150601_151000 copyधुवाँकोट जेष्ठ १८ । समाज सेवी बुद्धीलाल तामाङले आज धुवाँकोट गाविसमा रहेका एकल महिला, द्वन्द पीडित, बृद्धाहरुलाई नगद रुपैयाँ राहात स्वरुप प्रदान गर्नुभएको छ । धुवाँकोट गाविसमा रहेका भुकम्प पीडित एकल महिला, बृद्ध–बृद्धा, द्वन्दपीडित, गरिव असहायहरुलाई धुवाँकोटमा एक कार्यक्रमको आयोजना गरी स्थानीय समाजसेवी बुद्धिलाल तामाङले प्रतिव्यक्ति नगद ५ हजारको दरले नगद हस्तारण गर्नुभएको हो ।
नगद हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै एमाओवादीका केन्द्रिय सदस्य पुष्पविक्रम मल्लले विदेशमा बसेर राहत संकलन गरी धादिङका विभिन्न गाविसका भुकम्प पीडितहरुलाई सहयोग गर्न महत्वपूर्ण भमिका निभाएकोका समाजसेवी तामाङको खुलेर प्रसंशा गर्नु भएको थियो ।
पुर्व सभासद् समेत रहनुभएका मल्लले वर्षा यामको समय नजिकिइ सकेकोले आफ्नो गाउँ आफैँ बनाउने मूल मर्मका साथ काममा लाग्नुपर्ने बताउनुभयो । स्थानीय श्रोत साधन प्रयोग गरि अस्थायी पुनर्बासमा लाग्न स्थानीयहरुले धुवाँकोटबासीलाई आग्रह गर्नु भयो । नेपाल भूकम्पको जोखिममा रहेको थाहा हुँदा हुँदै पनि सचेत हुन नसक्दा समस्या सृजना भएको मल्लको भनाई थियो । भुकम्पको कारण गाउँघरका सबैजसो घरहरु भत्केर घरबारबिहीन हुनुपरेको प्रसंग निकाल्नुहुँदै नेता मल्लले अब निर्माण गरिने बस्तीहरु भुकम्प प्रतिरोध गर्ने किसिमको हुनुपर्ने र सबैलाई सरकारले ल्याएको योजना र प्रकृति अनुसारकै घर बनाउन आग्रह गर्नुभएको थियो ।
नगद हस्तान्तरण गर्दै समाज सेवी तामाङले नेपालमा एकीकृत बस्तीहरुको अभ्यास भएपनि एकीकृत र व्यवस्थित बस्तिको विकास हुन नसकोको बताउनु भएको थियो । उहाँले भुकम्पले गाउँका बस्ति पुनर्निर्माण गर्नुपर्ने यो बाध्यकारी परिस्थितमा एकीकृत र व्यवस्थित बस्ती बसाउनुको विकल्प नभएको दावी गर्नुभयो । नेपाल सरकारले इन्जिनियरिङ डिजाईन अनुसार घर बनाउन आग्रग गरिरहेको भन्दै उहाँले राज्यले नै त्यस्तो भुमिका खेल्नु पर्ने बताउनुभयो ।
तामाङले यस अघि खाल्टे, सेमजोङ, दार्खा लगायतका गाउँ विकास समितिका भुकम्प पीडितहरुलाई नगद रुपैयाँ सहित विभिन्न राहत सामग्री प्रदान गर्नुभएको थियो । विगत १० वर्षदेखी क्यानडा बस्दै आउनुभएका धुवाँकोटका बुद्धिलाल तामाङले पीडामा परेका समूदायलाई आफूले सहयोग गर्न पाएको प्रति खुसी ब्यक्त गर्नुभएको छ ।
20150601_152757 copy
20150601_152942 copy