एमाओवादी धादिङले सुरु गर्यो महेन्द्र उमाविको भवन बनाउन

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १८, २०७२

धादिङ जेष्ठ १८ । एमाओवादी धादिङ निर्वाचन क्षेत्र नं. २ को पुनर्निर्माण अभियान समितिले आज महेन्द्र उमावि नीलकण्ठको भवन निर्माण कार्य सुरु गरेको छ । एमाओवादी धादिङले धादिङको ३ वटै निर्वाचन क्षेत्रमा अभियान चलाउने कार्यक्रम अनुसार आज २ नम्बर क्षेत्रले महेन्द्र उमावि को भवन निर्माण गर्दै अभियान सुरु गरेको हो ।
एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले विद्यालयको नव निर्माण भवनको जस्तापाता सहित सबै श्रमदान पार्टीले गर्ने बताउनुभएको छ । उहाँले पार्टी पूर्ण रुपमा पुर्ननिर्माणमा लागेको बताउँदै सबैको साथ र सहयोग खाँचो रहेको बताउनुभयो । आजको निर्माण कार्यमा जिल्ला उपाध्यक्ष राजु नेपाल, जिल्ला सचिव धनबहादुर बुर्लाकोटी जिल्ला कमिटीका सदस्यहरु र स्थानीय अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो । एमाओवादी धादिङको २ नम्बर क्षेत्रको पुनरनिर्माण अभियानका संयोजक एवम् जिल्ला सह–सचिव मनराज भण्डारीले आज कामको सुरुवात भएको र भोलि र पर्सिमा सबैकाम सकि भवन विद्यालयलाई हस्तान्तरण गरिने बताउनु भएको छ ।