१४ वर्षीयाको बिहे ४१ वर्षीयासँग

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १८, २०७२

काठमाडौं,जेठ १८ – सप्तरीकी १४ वर्षीया कञ्चनको बिहे उनीभन्दा तेब्बर उमेरका हुलासप्रसाद साहसँग भयो । कारण – दुलाहा पक्षले दाइजो नलिने र विवाहको सम्पूर्ण खर्च व्यहोर्ने सर्त ।

कञ्चनरुपको पिप्रा पूर्वगाउँकी १४ वर्षीया निरक्षर कञ्चनकुमारी साहको विवाह ४१ वर्षका हुलासप्रसादसँग बिहीबार भारदहको कंकालिनी मन्दिरमा भएको हो । कमजोर आर्थिक अवस्थाका कारण दाइजो दिन नसकेपछि परिवारले २७ वर्ष जेठा हुलासप्रसादसँग कञ्चनको विवाह गरिदिएको हो ।

सप्तरी तरही २ का हुलासप्रसादको पहिलो विवाह जनकपुर भानुचोककी बिनादेवी साहसँग २०५० सालमा भएको थियो । बिनाबाट जन्मिएकी १९ वर्षकी छोरी रहेको हुलासले बताए । जेठी श्रीमतीबाट छोरा नभएकाले उनले अर्को विवाह गरेका हुन्, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।