गोरखाका चार गाविसमा पन्ध्र हजार राहत वितरण

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १६, २०७२

राजेन्द्र न्यौपाने
गोरखा, १६ जेठ । भूकम्पले क्षती पु¥याएका पिडितहरुलाई राहत वितरण गर्ने क्रममा गोरखा जिल्लाका चार गाविस बक्राङ, छोप्राक, आरुपोखरी र सिम्जुङ भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ ।
प्राविधिक टोलीले गरेका कार्यसम्पादन अनुसार आएको रिपोर्टको आधारमा पहिलो चरणमा चार गाविसलाई रकम निकासा गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले जानकारी दिए ।
शुक्रवार पहिलो दिन एकसय घरधुरीका लागि १५ हजारका दरले वितरण गरिएको बक्राङ गाविसका सचिव कर्ण बहादुर थापाले जानकारी दिए । वडा विभाजन गरेर राहत लिन गाउँलेहरुलाई बोलाईएको उनले बताए । बक्राङ गाविसमा रहेका कुल ८८८ घरधुरी मध्ये २६ घर मात्रै ठाडो अवस्थामा रहेको प्राविधिक टोलीका अधिकृत गोविन्द पराजुलीले जानकारी दिए । जिल्लाका ६५ हजार घरहरु बस्न अयोग्य भएका छन् ।