भुकम्प पिडित पत्रकारलाई खाद्य सामाग्री

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १, २०७२

rahatधादिङ जेष्ठ १ । रेडियो बिहानी, रेडियो धादिङ, दिव्य दर्शन टेलिभिजनमा, कार्यरत केहि भुकम्प पिडित पत्रकारहरुलाई रामप्रसाद सापकोटा (कमल) ले राहत सामाग्री उपलब्ध गराउनु भएको छ । सबै भुकम्प पिडित पत्रकारलाई खाद्य सामाग्री पुर्याउन नसकिएको बताउदै आफुले प्रत्यक्ष रुपमा भुकम्पले पुर्याएको क्षेति देखेको पत्रकारहरुलाई मात्र नगन्य रुपमा प्रारम्भिक खाद्यय सामाग्री उपलब्ध गराएको सापकोटाले बताउनु भएको छ । रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीका बोर्ड मेम्बर समेत रहेका सापकोटाले भुकम्प पिडित पत्रकारहरुलाई १/१बोरा चामल र १/१ लिटर खाने तेल उपलब्ध गराउनु भएको थियो ।
आफ्नो घर भत्कीएको छ बिहान बेलुका छाक कसरी टार्ने बास कहाँ बस्ने चिन्ता विर्सिएर दिन रात रेडियो टेलिभिजनमा बसेर समुदायलाई सुसुचित पारेका पत्रकारहरुलाई कहि कतैबाट राहत प्राप्त नभएकोले आफुले व्यक्तिगत खर्चमा राहत खाद्य सामाग्री सहयोग गरेको बताउनु भएको छ ।
उहाँले रेडियो हानीमा कार्यरत भुकम्प पिडित पत्रकारहरुलाई उपलब्ध गराउनु भएको खाद्य सामाग्री रेडियो व्यवस्थापन समितिका अध्यक्ष मनराज भण्डारीले वितरण गर्नु धएको थियो ।