कुकुरले आमा छोराको ज्यान बचायो, भुकम्पबाट

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ३१, २०७२

manjuधादिङ । बैशाख १२ गतेको विनासकारी भुकम्पबाट नलाङ ६ काम्दीकी मञ्जु सिलवालको आमाछोरालाई भने कुकुरले बचायो । बिहान धान गोडेर १० बजेको थियो, खाना बनाएर खाए अनि छोरो सुताउन भनेर खाटमा पल्टेको थिएँ ।
अचानक आफैले पालेको कुकुर आएर झुल बाहिरबाट मेरो खुट्टा चिथोर्न छाल्यो, किन बौलायो यो कुकुर भनेर धर, उता जा भने तर टेरेन कुकुरले झनै बल गर्यो झुल छिन्यो, अनि के उठेको मात्र थे भुकम्पले घर हल्लन थाल्यो ।
छोरा काखी च्यापेर आँगनमा आएको मात्र के था, घरको गारो ढल्यो । छिन मै आँखा अगाडी आफुसुतेको खाट पुरीयो । बल्ल मलाई थाहा भो कुकुरले मलाई बाचाउन यसो गरेको रहेछ मञ्जुले कुकुर देखाउदै भनिन् ।
manju 1गत साल मुलघरबाट छुट्टा भिन्न हुँदै नलाङ कै दमैडाँडा भन्ने ठाउँमा नयाँ घर बनाई बसेकी मन्जु भुकम्पले घर ढलेपछि रुदै सासु सुसुराकोमा पुगिन् तर त्याहाँ पनि भुकम्पले क्षेत बिक्षेत बनाएको घर भत्काएको देखिन् । ससुरा बाले नआत्यउ भुकम्प फेरि आउन सक्छ, अब यतैबस भने पछि पुरानै घरमा बसि रहेको छु ।
मलाई बचाउने कुकुर पनि सँगै छ । मैले जेजति खान्छ्ु कुकुर पनि खान्छ सबैले कुकुरलाई मायाँ गर्छन् । हिजो घिन लाग्दो धर, भन्ने मान्छेहरुले पनि कुकुरलाई स्यावासी दिईरहेका छन् । मन्जुका श्रीमान् अर्जुन सिलवाल गत वर्ष घर बनाएर कतारमा काम गर्न गएका छन् । उनी पनि परिवार सकुसल रहनु नै ठुलो कुरा भएको बताउँदै घर बनाउँदै गरुला भन्छन् । मञ्जुले भुकम्प पूर्व सर्पहरु प्वालबाट बाहिर आउँछन्, चराचुङगी फरक ढङ्गले कराउँछन्, कुकुर गाईबस्तुहरु कराउँछन् भन्ने सुनेको थे तर आफैलाई कुकुरले बचायो अनि बल्ल था पाएँ हो रहेछ । नयाँ जिवन दिने कुकुरलाई बाचुन्जे दुर दुर गर्दिन भन्छिन मञ्जु ।
manju3