टुकी नेपालले राहत वितरण सक्यो आवास योजनामा छलफल गर्दै

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २८, २०७२

tukiधादिङ बैशाख २७ । ज्यामरुङ गाउँ विकास समितिमा भुकम्पबाट पीडित भएका ६ सय १५ घर परिवारलाई टुकी नेपालले राहत वितरण गरेको छ ।
ज्यामरुङ गाउँ विकास समिति वडा न. ३,४ र ५ का क्रमस २ सय २९, १ सय ५६ र १६० घर परिवारलाई टुकी नेपालका अध्यक्ष कमल सापकोटाले बुधबार राहत वितरणको काम सम्पन्न गर्नू भएको हो ।
दुई हजार ५ सय ८७ जना जनसंख्या रहेको उक्त तीन वडाका अधिकाँश घरहरु भूकम्पको कारण बस्न नमिल्ने अवस्थामा रहेका छन् ।
भुकम्पको कारण घर बार बिहिन भएका र नियमित काममा फर्कन नसकेका सबैलाई राहत वितरण गरिएको टुकी नेपालले जानकारी दिएको छ ।
राहत स्वरुप दाल, चामल, नुन, तेल लगायतका खाद्यन्नहरु, मैनवत्ति घर निर्माणका लागि जस्तापाता, त्रिपालदेखी मजदुरहरुलाई काममा फर्कनका लागि सहयोग गर्ने हम्मर, सावेल लगायतका औजारहरु समेत रहेका स्थानीयहरुले बताए । भुकम्पकारण विस्थापित भएकाहरु र घरबारबिहीन भएकाहरुको जीवनयापन सहज बनाउन आफूहरुले फरक ३५ प्रकारका बस्तुहरु वितरण गरेको टुकी नेपालका अध्यक्ष कमल सापकोटाले बताउनुभयो ।