१ गते बाट स्कुल खुल्ने तर सुरुका केहि दिन कोर्स अगाडी नबढाईने

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २८, २०७२

ssssधादिङ बैशाख २८ । विनाशकारी भुकम्पले पु¥याएको क्षतीपछि शैक्षिक वातावरण निर्माणका लागि १ दिने मनोपरामर्श कार्यक्रम धादिङवेसीमा सम्पन्न भएको छ ।
नेपाल शिक्षक महासंघ, राष्ट्रिय महासमिति धादिङको आयोजनामा सम्पन्न भएको उक्त मनोपरामर्र्श कार्यक्रममा जिल्ला भरका स्रोतब्यक्ति प्रधानाध्यापकहरु लगायत शिक्षक संघ संगठनका नेताहरु सहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले भुकम्पको कारण देखाएर शिक्षलयहरु बन्द गर्न नहुने उल्लेख भन्दै जेष्ठ १ गते आइतबारदेखी नियमित पठनपाठन सुरु गर्ने तर विद्यार्थीको मनो विज्ञानलाई ध्यान दिदै कोर्ष अगाडि नबढाईने बताईएको छ । जिल्लाभर रहेका अधिकाँश भवनहरु भत्किएको र केही चर्केर पठन पाठन गर्न गराउन नसक्ने अवस्था आएको भन्दै सरकारले त्यसको व्यवस्थापनमा पहल गर्न शिक्षकहरुले सुझाव दिएका थिए ।
भुकम्पको कारण उत्तरी क्षेत्रका प्राय सबै विद्यालयका भवनहरुमा क्षति पुगेको लापा माध्यमिक विद्यालयका प्रधानाध्यापक करमान घलेले बताउनुभयो । विद्यालयको भवन भत्तिकएको र वर्खा याम सुरु भएको कारण विद्यालयको पढाई संचालन गर्नभने चुनौती रहेको शिक्षकहरुले बताएका छन् । बैशाख १२ गते गएको भुकम्पको कारण धादिङ जिल्लामा मात्र्र सात शिक्षक र १८ वर्ष मुनीका २१८ जना बालबालिकाहरुको मृत्यू भएको छ ।