जिल्लाका अधिकाम्स विद्यालय भत्कीएको छ कसरीहोला पठन पाठन

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २६, २०७२

kiranchokधादिङ बैशाख २६ । भूकम्पले धादिङका अधिकाम्स विद्यालयका भवन भत्किएका छन् । सरकारले जेष्ठ १ गते देखि कक्षा संचालन गर्न निर्देशन दिएको छ तर चर्किएको भवन कति खेर भत्किने ठेगान छैन भने भत्किएको भवनमा कसरी पढ्न पठाउने अभिभावहरुमा थप अको चिन्ता थपिएको छ ।
धादिङका ५ सय ८७ विद्यालयका पाँच हजार ३ सय ७३ कक्षा कोठामध्ये दुई हजार ७ सय ४६ कक्षाकोठामा अध्ययन अध्यापन गर्न नै नमिल्ने अवस्था रहेको जिल्ला शिक्षा कार्यालयले बताएको छ । दुई हजार १७ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएका छन् भने ७ सय २९ कक्षाकोठा लडेका कारण पठनपाठन गर्न नसकिने अवस्थामा पुगेको हो ।
जिल्लाका एक हजार १ सय ५० कक्षाकोठामा आंशिक रुपमा क्षति भएको छ । धेरै कक्षाकोठा ध्वस्त भएकाले कोठामा बसेर पढ्न सकिने अवस्था नभएकाले त्रिपाल, पाल वा अन्य व्यवस्था गरी विद्यालय खुलाएर जनजीवन सामान्य बनाउँदै बालबालिकालाई सामान्य जीवनमा ल्याउन विद्यालय खोल्न लागिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले बताउनुभयो ।