हिमालयन हेल्थ कियरको सहयोग साढे ६२ लाख भन्दा बढी पुग्यो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २६, २०७२

20150502_132436धादिङ बैशाख २६ । महाभुकम्पबाट पीडित भएकाहरुलाई हिमालयन हेल्थ केयर, धादिङले ६२ लाख ६१हजार ८ सय ३८ रुपैयाँ बराबरको खाद्यय सामग्री तथा औषधी तथा मेसिनरी औजारहरु सहसयोग प्रदान गरेको छ ।
हिमालयन हेल्थ केयर धादिङले जिल्लामा एक कार्यक्रमको आयोजना गरी जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पताल धादिङलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेको हो । सो क्रममा हिमालयन हेल्थ केयर धादिङको १३ सदस्यीय टोलीले जिल्लाको उत्तरी क्षेत्र स्थिति विभिन्न गाउँ विकास समितिमा स्थानीयहरुको स्वास्थ्य उपचार गराउँदै घर दैलो अभियान समेत संचालन गरिरहेको छ ।
त्यसैगरी १६ सदस्यको अन्तराष्ट्रिय टोली औषधी सहित झार्लाङ गाउा विकास समिति र ६ सदस्यीय इन्जिनियरको टोलीले हेलिकोप्टर मार्फत जिल्लाको उत्तरी क्षेत्रको भौतीक संरचनाको निरिक्षण गरेको छ ।
हिमालयन हेल्थ केयरले स्वास्थ्य उपचारका लागि जनशक्ति सहित खाद्य्य सामग्री, औषधी, सेटालाईट फोन जेनेरेटर, सोलार प्यालन, विरामीको अपरेशनका लागि आवश्यक मेसिन तथा औजारहरु, आवश्क पर्ने लत्ता कपडा सहित लिएर उत्तरी धादिङमा सहयोग गर्न गएको जिल्ला जनसम्पर्क अधिकृत शम्भु सिंह ठकुरीले बताउनुभयो ।