बैशाख १२ गते देखि २५ गते सम्मको केहि फोटो कलेक्सन

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २५, २०७२

धादिङ बैशाख २५ गते । भुकम्पले क्षेति ग्रस्त धादिङमा मृत्यू हुनेको संख्या ७ सय ४ पुगिसकेको छ । यति मानविय क्षतिलाई हेर्ने हो भनेपनि अन्य क्षति सहजै अनुमान गर्न सकिन्छ । यस जिल्लाका ६५ हजार भन्दा बढी भौतिक संरचना भत्किएका छन् ।
दैविक प्रकोप उद्दार समितिले उद्दार कार्यदेखि नै उत्सहजनक काम गर्दै आएपनि भौगोलिक विकटताले अझै कतिपय ठाउँहरुमा उद्दार कार्य देखि राहत वितरण हुन सकिरहेको छैन भने कतिपय सुगम ठाउँहरुमा पनि जिम्मा लिएका संस्थाले राहत वितरण नगरिदिएकोमा राहत पुग्न सकि रहेका छैन ।
हामीले पनि सुरुका २ दिन विविध कारणले समचार अपडेट गर्न सकेनौ त्यस पछि नियमित भु-कम्प केन्द्रित समाचार अपडेट गरि रहेका छौ । धादिङपोष्टसँग फोटो क्यामरा त छैन तरपनि मोबाईलले खिचेकका तस्वीरहरु हामीले देखाई रहेका छौ । १२ गते देखि २५ गते सम्मका केहि प्रतिनीधि मुलक तस्वीहरु राख्न जमर्कोगरेका छौ यी सबै तस्वीर मोवाईलले कैद गरिएका हुन् ।