कुल राहतमा २० प्रतिशद मात्र सरकारी राहत आयो– सिडियो

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २०, २०७२

prabhu sahaधादिङ बैशाख २० । अहिले संकलन भएको राहत मध्ये २० प्रतिशद मात्र राज्यले पठाएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भएको छ । एमाओवादीका पोलिट ब्यूरो सदस्य देबेन्द्र पौडेल (सुनिल) सहितको टोलिलाई घिमिरेले राहत अपुग भएको बताउँदै यस्तो बताउनु भएको हो ।
भुकम्पले ग्रस्त पारेको जिल्लामा कार्यकर्ता परिचालन तथा अनुगमन गर्दै आएको उक्त टोलीमा नेता प्रभु शाह, नारायण दाहाल र सभासद रविन्द्र प्रताव साह सहभागि हुनु हुनुहुन्थ्यो ।
टोलीले यो संक्रमण कालिन समयमा कुनै पनि राजनीतिक दवावमा नपरी दैविक उद्दार समितिले बनाएको नीति अन्तरगत राहत वितरण गर्न समेत प्रमुख जिल्ला अधिकारी घिमिरेलाई आग्रह गरकोे थियो ।
साथै टोलीले जिल्लामा उद्दार कार्य देखि अहिले सम्म निरन्तर खटि रहेका जिल्लाका केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल र जिल्ला अध्यक्ष रामबहादुर भण्डारीलाई भेटी जिल्लाका हरेक गाविसमा कार्यकर्ता परिचालन गरी उद्दार कार्य देखि राहत कार्यलाई थप प्रभाव कारी बनाउन आग्रह गरेको थियोे ।