सुरेश श्रेष्ठ,
धादिङ बैशाख २० । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ मा रहेको माथिल्लो भुलभुलेमा ब्यक्तिगत तर्फबाट भुकम्प पिडितहरुलाई खाद्यान्न वितरण गरीएको छ ।
कुनै संघ संस्था तथा सरकारका कुनै पनि प्रतिनिधि नपुगेका उक्त ठाउमा भुकम्पको ठुलोमात्रामा क्षेति भएको देखिन्छ । ५२ घर धुरी बसोबास गर्ने उत्त बस्तिमा भुकम्पमा परी २ बाल बालिका मुत्यू हुनुका साथै दुई दर्जन भन्दा बढि पशुको मुत्यू भएको छ । पुराना घर हरु भुकम्पमा परी २७ घर एउटै थुप्रोमा परी अधिकाम्स घर धोस्त भएका छन् ।
ठुलो मात्रामा क्षेति हुदा सम्म पनि सरकारले कुनै राहातका सामाग्री वितरण गर्न नसकेपछि आफै ब्यक्तिगत खर्चबाट चितवन रत्न पुर निवासी एन्.आर.एन कोरीयाका पुर्व राष्ट्रिय संयोजक तथा भुपु क्षेत्रिय अध्यक्ष दिपक राज रेग्मी , कुम्पुरका एन्.आर.एन कोरीयाका भुपु केन्द्रिय सदस्य नारायण थपलिया निर्मल तथा एन्.आर.एन कोरीयाका क्षेत्रिय सदस्य विष्णु कुमारी गुरुङ रेग्मी एवम् दक्षिण कोरीया किम्ह्रे माईग्रेसन हाउस को सयुत्त रुपमा राहात वितरण गरीएका छन् ।
पिडितका क्षेति हेरी परीवार जनलाई चामल वितरण गरीको छ । जनहि ५ केजिका दरले चामल वितरण गरीएको कृष्णा खडका ले जानकारी दिनुभयो । भुकम्प पिडित खुल्ला आकास मुनि बस्दा समेत सरकारले पाल सम्म पनि दिन नसकेकोमा भुलभुलेका स्थिनियहरु रुष्ट देखिएको छन् । शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ हजार ६ सय ५५ पुगेको छ ।




